अरबौ सम्पतिका मालिक रेमण्डका सञ्चालक आफ्नै छोराका कारण सडकमा

काठमाडाैं । भारतकै टप एवं चर्चित ब्रान्ड रेमन्ड कम्पनीका करोडपति मालिक रहिसकेको ७८ वर्षीय विजयपत सिंघानिया अहिले ‘सडक छाप’ को जीवनयापन गर्न बाध्य छन् । यो बाध्यता अरू कसैले हैन, आफ्नै छोराका कारण भोग्नुपरेको उनी बताउँछन् । उनी भन्छन्, ‘एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छोरालाई हस्तान्तरण गरेपछि मेरो यो हाल भएको हो । […]

अमेरिकाको एक रेल्वे स्टेशनमा नेपाली महिलालाई धकेलेर हत्या प्रयास

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली महिलालाई अमेरिकाको एक रेल्वे स्टेशनमा हत्या प्रयास भएको छ । अमेरिकाको इस्ट भिलेज सववे स्टेशनमा ट्रेन कुरेर बसरिहेकी ४९ वर्षीय नेपाली महिला कमला श्रेष्ठलाई एक युवकले रेलको लिकमा धकेलेर हत्या गर्ने प्रयास गरेका हुन् । अमेरिकी प्रहरीले युवकले हत्या गर्ने प्रयास स्वरुप नै धकेलेको पुष्टि गरेको छ […]

सुदुरपश्चिमेली समाज जापानद्वारा बाढीपीडित राहतका लागि आर्थिक सहयोग

सुदुरपश्चिमेली समाज जापानले कैलाली जिल्लाका बाढीपीडितहरुको राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ । समाजले संकलन गरेको ५८ हजार ६ सय जापानी येन नेपाल रेड्क्रस टिकापुर मार्फत प्रदान गरिएको हो । समाजले संकलन गरेको उक्त रकम अाइतबार समाजका पूर्व अध्यक्ष आशिष रावल र समाजका उपाध्यक्ष एकेन्द्र थापाले सिटी मनी एक्सप्रेस मार्फत टिकापुर स्थित नेपाल रेड्क्रस […]

अष्ट्रेलियानबाट राष्ट्रिय आविष्कार केन्द्रलाई २० लाख सहयोग

बेनी, ३० साउन । म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि २० लाख सहयोग गरेको छ । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि […]

चितवन समाज जापानको केन्द्रीय अधिवेशन टोकियोमा हुदै

सन्तोष चोखाल । चितवन समाज जापानको केन्द्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजको केन्द्रीय अधिवेशन आऊदो अगस्त १२ तारीख शनिवार हुने भएको छ । दिनको ठीक १२ बजे सुरु हुने केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा भव्य र सभ्य रूपमा सम्पन्न हुने अधिवेशन संयोजक अर्जुन अधिकारीले जानकारी दिनु भयो । केन्द्रीय […]

जापानमा भेटियो विश्वयुद्धमा अमेरिकाले खसालेर पनि नपड्किएको बम

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो […]

जापानकाे हिराेसिमा नागासाकीमा बम आक्रमणको ७२ वर्ष स्मरण

टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ । यसअघि गत […]

टोकियोमा नेपाल फेष्टिवलको तयारी तिव्र

जापानी माझ नेपाली कला संस्कृति झल्काउने उद्धेश्यले टोकियोमा आयोजना गर्न लागिएको दशौ नेपाल फेष्टिवलको तयारी तिव्र पारिएको छ । टोकियोको उएनो पार्कमा आगामी अगष्ट २६ र २७ तारिख दुई दिन नेपाल फेष्टिवलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ जापानको आयोजना तथा टोकियो स्थित नेपाली दूतावासको विशेष सहयोगमा हुन लागेको नेपाल फेष्टिवल यस वर्षपनि भव्य […]

वैदेशिक रोजगारकै क्रममा मृत्यु हुनेका छोराछोरीले अब छात्रवृत्ति पाउने

रुकुम, २० साउन । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए । एकजना […]

राजु पनेरुद्वारा एनआरएनए जापानको सदस्य पदका लागि उम्मेद्बारी घोषणा

नेपालमा गोरखा घर भई हाल जापानमा बस्दै आएका राजु पनेरुले गैरआवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन । उम्मेद्वारी घोषणा गर्ने लहर चलिरहेका बेला पनेरुले १३ बुँदे प्रतिवद्धता जारी गर्दै जापानवासी नेपालीलाई सदस्य पदमा आफुलाई मतदान गरी विजयी बनाईदिन अपिल गरेका छन । पनेरुले आफ्नो प्रतिवद्धतामा जापानमा सिकेको ज्ञान […]