एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी

बेल्जियम,। गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन ।

विजय दाहालले ११ सय ८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी श्रेष्ठले ९ सय ४१ मत प्राप्त गरेका छन । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन । उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठूला संगठनका साझा उमेदवार बनेका थिए । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समूहको नेतृत्व गरेका थिए ।

दाहाल आफु जनप्रगतीशील मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)को संगठनले समेत समर्थन गरेका थिए । कमजोर संगठनका बाबजुद निर्वाचनमा होमिएका दाहाललाई उनको काम गर्ने शैलीका कारण लोकप्रिय मत पाएको बताइएको छ । सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउँमा थुप्रै सहयोग गरेका छन् । उनले निर्वाचित भएसँगै एनआरएनको जिम्मेवारी दिएकोमा सम्पूर्ण मतदाताहरुलाई आभार व्यक्त गरेका छन् । साथै सबैलाई मिलाएर सामाजिक अभियानमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

छैटौ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी विजय भएका छन । प्रथम उपाध्यक्षमा गोविन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी छन । महासचिवमा आङमाया लामा शेर्पा र कोषाध्यक्षमा रोशन गुरुङ निर्वाचित भए भने सचिवमा प्रेम तिमल्सिना र जीवन शर्मा निर्वाचित भएका छन् । त्यसैगरी महिला सचिवमा मुना ताम्राकार, महिला संयोजकमा हरी भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीजकुमार श्रेष्ठ, राजु घिमिरे, कुलबहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापा निर्वाचित भएका छन् ।

छैटो अधिवेशनबाट सम्पन्न निर्वाचनको परिणाम घोषणा सभामा एनआरएनए आईसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए बेल्जियमका सस्थापक अध्यक्ष रविन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कूल आचार्य, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु तथा बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...