राजु पनेरुद्वारा एनआरएनए जापानको सदस्य पदका लागि उम्मेद्बारी घोषणा

नेपालमा गोरखा घर भई हाल जापानमा बस्दै आएका राजु पनेरुले गैरआवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन । उम्मेद्वारी घोषणा गर्ने लहर चलिरहेका बेला पनेरुले १३ बुँदे प्रतिवद्धता जारी गर्दै जापानवासी नेपालीलाई सदस्य पदमा आफुलाई मतदान गरी विजयी बनाईदिन अपिल गरेका छन । पनेरुले आफ्नो प्रतिवद्धतामा जापानमा सिकेको ज्ञान […]

टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी (भिडियो सहित)

टोकियो । जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ । साँझ प्राय पसल बन्द भएपछि आगलागी भएकोले मानवीय क्षति नभएको उद्धारमा संलग्न अग्नी नियन्त्रकले जनाएका छन् । घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालासहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् तर आगलागीबाट भएको आर्थिक क्षतिबारे अझै बिस्तृत विवरण प्राप्त हुन […]

हिमाली जिल्लामा चीन सरकारको यसरी गर्दैछ खाद्यान्न वितरण

मुगु, १९ साउन । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् […]

एनआरएनए जापानको सदस्य पदका लागि ‘कुमार कार्की’द्वारा उम्मेद्बारी घोषणा

एनआरएनए जापानको सदस्य पद्का लागि रेष्टुरेन्ट ब्यवसायी तथा पुर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानका उपाध्यक्ष कुमार कार्कीले पनि उम्मेद्बारी घोषणा गरेका छन । कार्कीले समाज सेवा गर्ने उद्धेश्यका साथ आफु एनआरएनए जापानको सदस्य पदमा उम्मेद्बारी दिएको बताउदै सदस्य पदमा निर्वाचित नभए पनि आफु समाज सेवालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन । ‘म घोषणापत्रमा विश्वाश […]

जगत बहादुर खड्का ‘ज्याक’ द्धारा एनआरएनए जापानको सदस्य पदमा उम्मेद्धारी घोषणा

टोकियो । कलाकारिता, अभिनय र सञ्चारकर्मीको रुपमा जापानी टेलिभिजन तथा मिडियामा नेपालको पहिचान र नेपाल प्रवद्र्धनको काम गर्दै आएका ज्याक खड्काको नामले परिचित जगत ब. खड्काले एनआरएन जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् । साधारण परिवारमा जन्मेर विद्यार्थीको रुपमा जापान आएका खड्काले जापानी टेलीभिजनमा मुख्यत नेपाली पर्यटन प्रवद्र्धन तथा अभिनयको काम गर्दै आएका छन् । […]

एनआरएनए जापानले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

टोकियो । एनअारएनए जापानले अागामी अधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै एनअारएनए जापानका अध्यक्ष सुदन थापाले हालै बसेकाे संघकाे २६ अाैँ बैठकले निर्वाचन तालिका तथा निर्वाचन अायुक्त्तहरु चयन  गरिएको सार्वजनिक गरेका छन । अध्यक्ष सुदन थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा एनआरएनए जापानको भावी नेतृत्व चयनका सम्पूर्ण […]

जनक बिक्रम शाहीद्वारा एनआरएनए जापानको सचिब पदमा उम्मेद्बारी घोषणा

एनआरएनए जापानको निर्वाचन नजिकिदै गर्दा बिभिन्न पदमा बिभिन्न ब्यक्तिहरुले उम्मेद्बारी घोषणा गर्ने क्रम जारी छ । यसैबीच एनआरएनए जापानको सचिब पदका लागि जनक बिक्रम शाहीले पनि उम्मेद्बारी घोषणा गरेका छन । शाही बाके बर्दिया मैत्री समाज जापानका अध्यक्ष हुन । जापानमा शाहीले बाके बर्दिया मैत्री समाज सामाजिक संस्था बाट सामाजिक गतिबिधिहरुमा सक्रियता देखाएका हुन । […]

धादिङ समाज जापानको विशेष भेला सम्पन्न

टोकियो । धादिङ समाज जापानको टोकियोको सिनओकुवो स्थित, रोधि क्लवमा, एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा जापानमा रहेका धादिङेहरु बीच आत्मियता र भाईचारा वृद्दि गराउँने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा,प्रवासमा रहँदा आईपर्ने समस्याहरु र तिनका सामूहिक निराकरण तथा धादिङको विकास प्रवर्द्दनका […]

चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल

काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]

नेपालमा लगानी बढाउन एनअारएनएको अाह्वान

  गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् । ‘युरोपका नेपालीको एकता : समृद्ध नेपालको आवश्यकता…’ नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ […]