काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]
प्रवास
कोरोनाको त्रासबीच १४० वर्ष यताको ठूलो भुकम्प
एजेन्सी । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जाग्रेब शहर केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो १४० वर्ष […]
भारतमा जनता कर्फ्यु लगाउने घोषणा
एजेन्सी, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् । कर्फ्यु आगामी आइतबारदेखि […]
निर्भया सामुहिक बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड
काठमाडौं, ७ चैत । १६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका थिए ।सन् २०१२ भएको निर्भया सामुहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दिल्लीको एक जेलमा फाँसीमा […]
इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु
एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ […]
कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता, वुहानमा कोरोना संक्रमण शून्य
काठमाडौं, ६ चैत । कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको छ । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । […]
दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक
काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]
विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु
काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]
२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्वारेन्टाइनमा
बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वभर आलोचना
एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’ ट्रम्पले विश्वलाई […]









