अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वभर आलोचना

एजेन्सी, ४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’

ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उक्त ट्वीट जातिवादी भएको भन्दै ट्रम्पको विश्वभरबाट आलोचना शुरु भएको हो । ट्रम्पले यसअघि कोरोना भाइरसलाई विदेशी भाइरसको संज्ञा दिएका थिए ।

Loading...