जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेर एक महिलाको मृत्यू

नुवाकोट, ४ चैत । त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेर एक महिलाको ज्यान गएको छ । ति महिलाई हाम फाल्न लागेको देखेर स्थानीयले बचाउने कोसिस गरे पनि पानी धेरै भएकाले बचाउन नसकिएको बताइएको छ ।

जलविद्युत् उत्पादन सुरक्षार्थ सेनाको सेन्ट्रीले सिट्ठी फुकेर पानीमा नजान भन्दा एक्कासि ती महिला हाम फालेको प्रहरीले जनाएको छ । यद्यपि उक्त महिलाको पहिचान भने भइनसकेको बताइएको छ । उक्त शव त्रिशूली अस्पतालको शवगृहमा राखिएको छ ।

Loading...