पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी  संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]

एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)

एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो । इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।

हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं

******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]

ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्‍यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]

ईप्सन भक्तपुरको अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न

भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको आयोजनमा अन्तर विद्यालय फुटसलवप्रतियोगिता मंसिर २० र २१ गते हेल्थ्ली फुटसलमा सम्पन्न भएको छ । ईप्सनमा आवद्ध १० वटा सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत गरी दुई तहको छात्र फुटसलमा माध्यमिक तह तर्फ प्रथम स्थान ग्लोबल एकेडेमी, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान ईडेन गार्डेन र […]

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य, […]

सामाजिक सञ्जाल विश्वसनीय बनाउन विशेष अपिल

प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो । […]

उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न

बुद्धशरण शाही/ काठमाडौ । प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी  अन्तरपालिका एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघले आयोजना गरेको दुई दिने सो प्रतियोगिता आइतवार सम्पन्न भएको हो । काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं […]