सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार  साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]

पत्रकारसंग सिडिओ अर्यालको यस्तो आग्रह

भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]

जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ

भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]

खेल पर्यटन प्रवर्द्धनमा पूर्व प्रधानमन्त्री प्रचण्डको जोड

सिन्धुपाल्चोक, १ माघ२०८१ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि […]

माओवादी केन्द्र निकट कर्मचारी संगठनको सिटिइभिटि अध्यक्षमा पराजुली

नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (खुला) केशरमान बुढाथोकी, उपाध्यक्ष(महिला) सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा […]

भक्तपुर प्याब्सनको अध्यक्षमा राजन कस्पाल

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कूल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको छ । उनीहरू […]

काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा तीन दिने प्रदर्शनी, आज अन्तिम दिन

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम दिन हो । बिहीबारबाट शुरु सो प्रदर्शनी शनिवार साँझ सकिँदैछ । ‘दृष्टि ३.०’ नाम दिइएको प्रदर्शनीमा कलेजले इन्जिनियरिङ क्षेत्रमा आफ्नो आविस्कार, प्रयोग, ज्ञान र सीपलाई प्रदर्शन गरिरहेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले एकेडमीक नतिजा उत्कृष्ट […]

निर्माण कम्पनीले नै गरे नगरकोट सडक निर्माणको सम्झौता रद्द

भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको […]

पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय […]

रवि लामिछाने धरौटीमा रिहा

कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार सो धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला […]