पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

म्हैपी गोलीकाण्डका मुख्य अभियुक्तसहित ४ पक्राउ

काठमाडौँ, ५ कार्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३६ का असुन गुरूङ,नुवाकोटको खानीगाउँ ४ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय  नवराज लामिछाने,काठमाडौं महानगरपालिका १२ का अन्दाजी ३१ वर्षीय सुरेन्द्र शाही र चितवनको […]

काठमाडौँमा सर्वसाधारण असुरक्षित, डान्सर युवतीको निहुमा गोलीप्रहार

काठमाडाैं, ५  कार्तिक । राजधानीको लैनचौर म्हैपीमा आज बिहानै अपराधिक समुहले चलाएको गोली बाट एकजना घाइते भएको छ । गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएको हो । उनको दाइने खुट्टको घुडा मुनि पिडौलामा गोली लागेको छ । पछिल्लो जानकारी अनुसार प्रहरीले घटनामा संलग्नको आशंकाले अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको काठमाडौंका […]

एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली

काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे । अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय […]

जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]

भैलिनी महिलाहरुलाई अश्लील गालीगलौज गर्दै बन्दुक ताक्ने मेयर यी हुन

काठमाडाैं, ४ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले देउसी खेलिरहेका महिलाहरुको समूहलाई दुव्र्यवहार मात्रै गरेन् बन्दुक नै तोके । उनले अश्लील गालीगलौज गर्दै जथाभावी पनि बोले । मेयर महतले बिहिबार राति हेटौँडा–५ सिँचाई टोलमा भैलीनी समूहकी एक महिलाले दिएको जानकारी अनुसार मेयर महत भैलो खेलिरहेको ठाउँमा गाडीमा सवार भएका मेयरले बन्दुक देखाउँदै चुप […]

भारतको इशारामा बाम तथा लोकतान्त्रिक दुबै गठबन्धन बनेको नेपकिपाको आरोप

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्  । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोपसमेत  लगाए । उनले भने – “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको […]

भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी (एनआरएनएमा जित्नेको सूचीसहित)

काठमाडौँ, ३१ असोज । भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् । भट्टले अध्यक्षकी अर्की प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन् । यसअघि दुर्इ कार्यकाल अध्यक्ष भएका शेष […]

१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर

काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ ।   सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा […]

नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक

   आश्विन २९, काठमाडौँ /   नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ । आइतबार बहुचर्चित लोकप्रिय […]