खेलाडी गणेशहरिले गरे कांग्रेससंग ३६ वर्षको सम्बन्ध परित्याग, माओवादी केन्द्रमा प्रवेश

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस निकट खेलकुद बिभागको बागमती प्रदेश समिति सदस्य गणेशहरि कुटुले पार्टी परित्याग गरेका छन् । ३ दशक लामो समयदेखि आवद्ध रहेको नेपाली कांग्रेस परित्याग गर्दै उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । केक्युसिङ करातेका टु डन एवं राष्ट्रिय खेलाडी समेत रहेका मथिनपा-२ […]

बढ्यो नेमकिपाको केन्द्रीय समिति, बिजुक्छें आठौं महाधिवेशनबाट पनि अविछिन्न अध्यक्ष

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् । बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द […]

सिडिओको निर्देशनमा स्याउ गोदाम छापा हान्दा सयौं बोरा गाँजा बरामद

सप्तरी । सप्तरीको सदरमुकाम राजविराजस्थित एक स्याउ गोदामबाट सयौं बोरा गाँजा बरामद गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको निर्देशनमा प्रहरीले छापा हान्दा सो सफलता हात लागेको हो । बाबा भूतनाथ मन्दिर पस्ने गेट नजिक रहेको गोदाममा अनलोड गरिरहेको सामानप्रति शंका लागेर जाँचबुझ गर्न सिडिओ दाहालले प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । सप्तरीका प्रहरी […]

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् । गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि […]

भ्रमको खेतिमा सरकारलाई पीएचडी : बालेन

काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् ।   सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]

चन्द्रमाको सतहमा ब्लू घोस्ट

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]

भक्तपुरमा पैदलयात्रुलाई मोटरसाइकलले ठक्कर दिँदा एकको निधन, तीन घाइते

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट फेरिपनि एक पैदलयात्रीको ज्यान गएको छ । ज्यान गुमाउने भक्तपुर नगरपालिका-७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसीबाग रहेकी छन् । अरनिको राजमार्गमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलले जगाती पुलमा उनीसहित ४ जनालाई ठक्कर दिएको थियो । साँझ दुर्घटनामा गम्भीर घाइते उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको […]

सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान

सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]

बोदेमा धर्मचक्र गुम्बाको शिलान्यास

भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् ।  गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका […]

नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता

भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]