बालेनले राजसंस्थामाथि बक्रदृष्टि राखेका राप्रपाको आरोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको जरिबाना राप्रपाले नतिर्ने भएको छ । आइतबार एअरपोर्ट र आसपासका क्षेत्रमा राप्रपाले पूर्वराजाको स्वागत गर्नेक्रम्म्मा फोहोर गरेको, बिरुवा नाश गरेको र भौतिक क्षती पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको थियो ।

महानगरले जरिवाना तिर्न भनेपछि राप्रपा उल्टै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथि खनिएको छ ।बालेनले राप्रपा र राजसंस्थाप्रति वक्रदृष्टि लगाएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले आरोप लगाएका छन् । जरिवाना पूर्वाग्रही भएको उनको भनाइ छ ।

महानगरपालिकाले भने यसअघि पनि दरबारमार्गमा सत्तारूढ दल नेकपा एमालेले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै १ लाख जरिवाना तिर्न पत्राचार गरेको थियो । त्यतिबेला पनि एमालेले बालेन आफ्नो पार्टी प्रति पूर्वाग्रही भएको भनेको थियो । 

महानगरले भने आफ्नो अधिकार प्रयोग गरि नियम उल्लंघन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको जनाएको छ ।

अपडेट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले राप्रपाले जरिवाना बुझाएको जानकारी दिएका छन् ।