राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध

काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो ।

राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् ।

बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत कार्य सकिनासाथ सेवा सुचारु हुने जनाएको छ । सरकारले राष्ट्रिय परिचय पत्रलाई विभिन्न कार्यमा अनिवार्य गरेसंगै सेवाग्राहीको आकर्षण बढेको देखिन्छ ।