नेकपा बहुमत पार्टी परित्याग गरी दर्जनौ मजदुर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी […]

संसदको उपसमितिमा जुट्यो एसईई नगर्ने सहमति, यस्ता छन् अरु सहमति

रोशन गाउँले, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो । ‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ […]

उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल

सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ।  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]

वार्ताको लगाम कस्दै प्रधानमन्त्री, सबैको समर्थन रहँदा पनि शिक्षकका माग सम्बोधनमा सरकार असफल

काठमाडौं । देशभरका हजारौं शिक्षक दश दिनदेखि काठमाडौ केन्द्रीत सडक आन्दोलनमा छन् । नयाँ शैक्षिक वर्ष शुरु हुन केही दिन मात्र बाकी छ तर, सरकार प्रमुख रहेका प्रधानमन्त्रीले बार्ताको लगाम समात्दा शिक्षकहरुको आन्दोलन अझै लम्बिने देखिन्छ ।   नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारीबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि आन्दोलनको भविष्य अनिश्चित बनेको […]

तीन जिल्लाका चार नगरपालिकाले अघि सारे ‘नगरकोट भ्रमण वर्ष-२०८२’

भक्तपुर । तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रुपमा अघि सारेका छन् । प्रसिद्ध पर्यटकीय गन्तब्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्तरुपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सञ्चालन गर्न लागेका हुन् । नयाँ वर्ष २०८२ को १ गते नगरकोटबाट […]

दुर्गा प्रसाईं माथि अनुसन्धान गर्न प्रहरीले पायो १२ दिनको म्याद

काठमाडौं, । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।  साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।   प्रहरीले […]

एमाले सिध्याउँछु भन्ने तत्वहरु असफल भए : प्रधानमन्त्री ओली

pm oli

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश […]

प्रेममा ब्रेकअप पछि सलमानले ५ फिल्म खोसेको खुलासा

न्यूजकारखाना, मुम्बई । ऐश्वर्या राय र सलमान खानको प्रेमकथा हिन्दी सिनेमा उद्योगको सबैभन्दा चर्चित प्रेम कथा हो ।  दुवै आफ्नो सम्बन्धका कारण धेरै चर्चामा आएका थिए । सन् १९९९ मा फिल्म  ‘हम दिल दे चुके सनम’ मा सँगै काम गर्दा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन […]

पक्राउ परेका दुर्गा प्रसाईंलाई जिप्रका काठमाडौं पुर्याइयो

काठमाडौ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौ ल्याइ पुर्याइएको छ । भारतीय प्रहरीले मेची पुलमा छाडेपनि नेपाली सिमानामा नेपाल प्रहरीले उनलाई पक्राउ गरी राजधानी ल्याइपुर्याएको हो । प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन् ।  उनीहरूलाई शुक्रबार बिहान काँकडभिट्टा नाका हुँदै झापास्थित भद्रपुर विमानस्थलबाट […]

दुर्गा प्रसाईं पक्राउ नपरेका प्रहरीको प्रष्टाेक्ति

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका समाचारमा सत्यता नभएको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका प्रहरी […]