काठमाडौं । चैत २० देखि जारी शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । हिजो मन्त्रीपरिषद् बैठकले कार्यस्थल फर्कन अनुरोध गर्ने निर्णय गरेको आन्दोलनमा आज शिक्षकको अझ बढी सहभागिता देखिएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मुख्य मागसहित शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा छन् । काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात ब्यवस्था भद्रगोल भएको छ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आह्वान गरे पनि शिक्षक सडक छोड्ने पक्षमा छैनन् ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा रहेका शिक्षक सरकारसामू झुक्ने पक्षमा देखिदैनन् । यसपटक आफूहरू उधारो सम्झौतामा नअल्मलिने शिक्षक नेता शंकर अधिकारीले जनाएका छन् ।