एआइजी बढुवाका लागि ६ डीआईजीहरु सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजीपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसी २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसको परेका छन् । छैटौं नम्बरमा उनको नाम सिफारिस भएको छ ।