नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित

काठमाडौं । बौद्धिक वर्ग भनिएका शिक्षकहरुले सडक तताइरहँदा प्राज्ञहरुको संस्था नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित भएका छन् ।

सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा-प्रतिष्ठान समितिले आन्दोलन शुरु गरेको हो ।

बिहीबार कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेका छन् । कर्मचारीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

पटक-पटक ध्यानाकर्षण गराउँदा समेत प्रज्ञा-प्रतिष्ठान प्रशासनले वेवास्ता गरेको आरोप लगाउदै संगठनका अध्यक्ष महेश्वर थापा मगरले प्रज्ञा परिषद्को बैठक, सचिवालयका प्रमुख, कार्यकारी प्रमुख र प्रशासनिक व्यवस्थापकीय कमजोरीका कारण आन्दोलन गर्न बाध्य हुनुपरेको बताए ।

आन्दोलनका चरणहरू यसप्रकार छन्:

१. बैशाख ४ गते – बिहान ९ बजेबाट कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन।
२. बैशाख ५ गते – विरोधसभा आयोजना।
३. बैशाख ६ गते – ‘वरियतामा धर्मा’ (silent protest)।
४. बैशाख ७ गते – प्रमुख कार्यकारीको प्रवेश निषेध।
५. बैशाख ९ गते – प्रमुख पदाधिकारीहरूको सवारी साधन सञ्चालनमा अवरोध।
६. बैशाख १० गते – पूर्ण तालाबन्दी गर्दै सम्पूर्ण कामकाज बन्द गरिने।