कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते

मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालकसहित १६ यात्रु रहेकाका अन्य सबै नै घाइते छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।