नयाँ बसपार्कमा निजी कम्पनीको यस्तोसम्म ब्रह्मलुट, यात्रुप्रतिक्षालयदेखि मल नै बेचियो

काठमाडौं । नेपालकै व्यवस्थित बस स्टेशन बनाउने भनेर थालिएको बालाजुको नयाँ बसपार्क अहिले दिनदहाडै लुटपाट गर्ने स्थल बनेको छ । यहाँ देशभर जाने यात्रुहरु जाने आउने गर्छन । समृद्ध नेपाल बनाउने घोषणा गरेको सरकारले देशको एक मात्र बसपार्कलाई पनि व्यवस्थित गर्न सकेको छैन । बसपार्कलाई व्यवस्थित नगरेको मात्र होइन, यहाँ भइरहेको ‘लुटपाट’लाई रोक्न पनि कुनै […]

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संसद घेराउ गर्न बानेश्वर पुगे पत्रकारहरु

काठमाडौं, ३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध पत्रकारहरुले संसद भवन घेर्ने कार्यक्रम अगाडि बढाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा संसद भवन घेराउ गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले नयाँ बानेश्वर चोकभन्दा अगाडि नै रोकेपछि त्यही कोणसभा गरिएको छ । सरकारले प्रेसलाई नियन्त्रण गर्ने र कडा दण्ड सजाय दिने लगायतका प्रावधानहरु राखेर मिडिया काउन्सील […]

मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे । आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले […]

सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोजेको कांग्रेसको आरोप

काठमाडौं, २९ बैशाख । सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्ने उद्देश्यका साथ मिडिया काउन्सील सम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेसले लामो समयपछि आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारहरु बोलाएर मिडिया कानुनका बारेमा बोलेको हो । आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘यो […]

कौडीको मुल्यमा नयाँ बसपार्क कब्जा गरी ब्रह्मलुट मच्चाउने लोत्सेमाथि किन बोल्दैन ओली सरकार

काठमाडौं । जताततै भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेको समाचार आइरहेकै वेला सरकारले बसपार्कका लागि अधिग्रहण गरेको जग्गा दीपक कुँवरको लोत्से बहुउद्देश्यीय प्रालिले कब्जा गरी मनपरी संरचना निर्माण गरिरहेको अर्को समाचार बाहिर्रिएको छ । सरकारले जनतासँग अधिग्रहण गरेको र जापान सरकारले बनाइदिएको नयाँबसपार्क काठमाडौं महानगरपालिकाले दीपक कुँवरलाई ब्यापार गर्न कौडीको मूल्यमा ३० बर्षका लागि दिएको खुल्न […]

लोकसेवामा ११ हजार बढी दरवन्दी खुल्दै

काठमाडौँ । लाेकसेवा आयाेगले ११ हजार भन्दा बढी दरवन्दीका लागि विज्ञापन आह्वान गर्ने भएकाे छ । विभिन्न स्थानीय तहमा रहेका रिक्त दरवन्दी पूरा गर्नका लागि याे विज्ञापन आह्वान गर्ने तयारी भएकाे हाे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ९७ हजार ५३० दरबन्दी रिक्त रहेकाे जनाएकाे छ । ती रिक्त पद पूर्ती गर्न  […]

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको तयारी

काठमाडौं, २४ बैशाख । सरकारले ३ दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम सार्वजनिक गरेको हो । गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले जनताको […]

‘मेरो सरकार’ पदावली हटाउन माग गर्दै कांग्रेस र राजपाले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौ, २१ बैशाख । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् । दुई पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् । प्रतिपक्षी दलले सबैभन्दा बढी संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने पदावलीमाथि आपत्ती जनाएका छन् […]

रुसले ठूलो मात्रामा ह्वेल माछालाई खतरानाक जासुसी तालिम दिएको खुलासा

एजेन्सी । आधुनिक युद्धकला र प्रविधिको क्षेत्रमा उच्च विकास गरेको रुसले पछिल्लो समय समुन्द्रको सबैभन्दा ठूलो जीव ह्वेल माछालाई समेत आफ्नो सेनाको जासुसका रुपमा प्रयोग गरेको खुलासा भएको छ । हालै रुसले त्यस्तै जासुसी काममा प्रयोग गरेको एउटा ह्वेल माछा नर्वेको समुन्द्री किनारामा भेटिएपछि त्यसको विश्वभर चर्चा भइरहेको छ । नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुन्द्री […]

शिक्षा विकास केन्द्रका इन्जिनियरको शैक्षिक प्रमाणपत्र नै विवादमा

भक्तपुर, १७ बैशाख । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा कार्यरत एक कर्मचारीको सर्टिफिकेटमाथि प्रश्न उठेको छ । पुरानो शिक्षा विभाग तथा अहिलेको शिक्षा विकास केन्द्रको इन्जिनियर पदमा कार्यरत दिपेन्द्र कुमार देवको शैक्षिक प्रमाणपत्रका बारेमा प्रश्न उठेको हो । देशभर नमूना विद्यालय निर्माणका लागि परामर्शदाता छनौटमा अनियमितता भएको काण्डमा मुछिएका देवको शैक्षिक प्रमाणपत्र पनि […]