मोटरसाइकलमा सवार बाबुछोरीको निधन

सञ्जय मिश्रा, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको ज्यान गएको छ।

हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान करिब सवा ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा चोट लागेर  गम्भिर चोट लागेको थियो।

सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

त्यस्तै मोटरसाईकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० कि उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो।

उर्मिला देवीलाई स्थानिय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे  डक्टरले मृत घोषणा गरेको डिएसपी रायले जानकारी दिए ।

ठक्कर दिने कार र चालक हेटौडा उप महानगरपालिका १२ बस्ने  वर्ष ४३ को कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ ।