बालुवाटारमा नवनियुक्त राज्यमन्त्रीको सपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च पधिकारीलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको रूपमा रहेका पूर्णबहादुर तामाङ’कान्छाराम’लाई वैशाख १० गते बर्खास्त गरेका थिए । 

बर्खास्तीको कारण भने तामाङले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्ष लिएको र सरकारको निर्णयको सार्वजनिक रूपमा विरोध गरेको बर्क्खास्त भएका तामाङले  बताएका छन् ।