खोटेहाङमा रास्वपा सभापति र एमाले नेताहरुसहित ठूलो समूह माओवादी केन्द्रमा समाहित

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिति नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ ।

त्यसैगरी, नेकपा एमाले गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य किरण चाम्लिङ्ग राई लगायत ३ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् । 

नेकपा (माओवादी केन्द्र) को खोटेहाङ गाउँपालिका समितिले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा समाहित भएका हुन् ।

सो पार्टीका खोटेहाङ गाउँपालिका समिति अध्यक्ष दिपेन थुलुङले पार्टीप्रति बढ्दो बिश्वासकै परिणाम अन्य पार्टीका नेताकार्यकर्ताको आकर्षण माओवादी केन्द्रमा बढेको बताए ।

नव प्रवेशीलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज समिति कार्की लगायतले पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा नेतृ कार्कीले सुशासन, बिकास र समृद्धिको मोडेल माओवादी केन्द्रसंग भएको र प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले यसको इमान्दारीपूर्वक प्रयास थालेको प्रष्ट पार्दै इमानदार र देशभक्तहरु अन्ततः माओवादी केन्द्रमै केन्द्रीत हुनुको बिकल्प नभएको बताइन् ।