काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्। पछिल्लो समय उनको सम्पत्ति विवरण र सेयर लगानी लगायतमा आलोचना भएको थियो। जनचासोलाई गम्भीरतापूर्वक लिएर स्वार्थको द्वन्द नदेखियोस् भनी राजीनामा दिएको उनको स्पष्टिकरण रहेको छ। राजीनामा अघि उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेन सँग भेटेका थिए।
ननस्टप विशेष
हिरासतमा रहेका युवकको निधन, छानबिन समिति गठन
सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण वि.क.को मृत्यु शङ्कास्पद देखिएको आफन्तको आरोप छ। प्रहरीले शौचालयमा आत्महत्या प्रयास गरेका विकलाई उपचारको लागि अस्पताल लगिएको तर बचाउन नसकेको बताए पनि परिवारले घटनामा गम्भीर आशंका व्यक्त गरेको छ । परिवारका अनुसार घटनाको स्पष्ट प्रमाण (फोटो/भिडियो) नदेखाइएको र मृत्यु भएपछि मात्र जानकारी दिइएकोले सत्यतथ्य लुकाइएको […]
समयअघि नै पुल र सडक सम्पन्न, दाहाल लगायत निर्माण व्यवसायी सम्मानित
सिन्धुली। विकास निर्माणका कामहरू ढिलासुस्ती भइरहेका बेला सिन्धुलीमा भने समयअघि नै आयोजना सम्पन्न भएको छ। पिपलभन्ज्याङ–रामपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन दुई वटा पुल र कालोपत्रे सडक निर्धारित समयभन्दा अगाडि सम्पन्न भएपछि सम्बन्धित निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको छ। पूर्वाधार विकास कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटाले निर्माण व्यवसायीहरूलाई प्रमाणपत्रसहित […]
भक्तपुरमा ११ दिनसम्म सञ्चालित महोत्सव सम्पन्न
भक्तपुुर । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करण सम्पन्न भएको छ। नयाँ वर्ष एवं बिस्का जात्राको अवसरमा भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा ११ दिनसम्म चलेको महोत्सव सोमबार साँझ सम्पन्न भएको हो । समापन समारोहमा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवलाई निरन्तरता दिँदा स्थानीयवासीलाई सुविधा […]
२० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न शिक्षा पत्रकारको सुझाव
काठमाडौँ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि राष्ट्रिय कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित शिक्षा पत्रकार समूहले सरकारलाई सुझाव दिएको छ। लामो समयदेखि संसदमा थाती रहेको विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जनसहित आगामी बजेट अधिवेशनबाटै पारित गर्न पनि समूहले जोड दिएको छ। समूहकी अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा गएको टोलीले शुक्रबार सिंहदरबारमा शिक्षा, […]
गगन नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्दै शेरबहादुर देउवा पक्षधरको दाबी अस्वीकार गरेको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको फैसला सुनाएको हो। यससँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले […]
जिब्रो छेड्ने सुजनलाई प्रदेश सरकारले गर्यो नगदसहित सम्मान
भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएका छन्। नयाँ वर्षको अवसर पारेर बिस्का जात्रा अन्तर्गत आयोजना हुने यो सांस्कृतिक परम्परामा सुजनको साहस र समर्पणप्रति बागमती प्रदेश सरकारले विशेष सम्मान जनाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सुजनलाई नगद दुई लाख रुपैयाँसहित […]
संसारको सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकारबाट नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेको व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उनको राजनीतिक यात्रालाई दक्षिण एसियामा नयाँ तरङ्ग ल्याउने उदाहरणका रूपमा व्याख्या गरेको छ। शाहको उदयलाई युवा पुस्ताको समर्थन र परम्परागत राजनीतिक […]
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक : प्रायसंग पर्याप्त सुन, शिक्षामन्त्री सबैभन्दा धनी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनसहित मन्त्रिपरिषद्का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणमा धेरै मन्त्रीसँग उल्लेख्य मात्रामा सुन रहेको देखिएको छ। प्रधानमन्त्री शाहले आफूसँग तथा श्रीमतीसँग गरी १९० तोला सुन–चाँदीका गहना रहेको उल्लेख गरेका छन्, यद्यपि सुन र चाँदीको छुट्टै विवरण भने खुलाइएको छैन। उनका अनुसार सामाजिक सञ्जालबाट कमाइ गरेको करिब १ करोड […]
दुईदिनमा २० हजारले हेरे सल्लाघारीस्थित महोत्सव, बैशाख ६ सम्म सञ्चालन हुने
भक्तपुुर । ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करणमा दर्शकको आकर्षण बढ्दै गएको छ । शुक्रबार र शनिबार बीस हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । शनिबार बिदाको दिन परेकाले पनि दर्शक बढेका र आइतबार अझ बढ्ने संकेत मिलेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । […]











