लायनले ६ विकेट लिंदा पहिलो टेस्टमा अस्ट्रेलियाको शानदार जित

एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा भ्रमण टोलि अस्ट्रेलियाले इंग्ल्याण्डलाई २५१ रनले पराजित गरेको छ। जितसंगै ५ टेस्टको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ। जितसंगै अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपमा समेत पहिलो जित दर्ता गर्दै २४ अंक बटुलेको छ। कुनै पनि भ्रमण टोलिले एजब्यासटन मैदानमा पहिलो इनिंगमा पछि पर्दै जितेको यो पहिलो टेस्ट हो। अस्ट्रेलियाले पहिलो […]

डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

महान तिब्र गति बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट तत्काल लागु हुने गरि सन्यास घोषणा गरेका छन्। ३६ वर्षीय दक्षिण अफ्रिकी दायाँ हाते तिब्र गति बलर स्टेनले ४३९ टेस्ट विकेट लिएका छन् जुन दक्षिण अफ्रीकि बलरले लिएको सर्वाधिक टेस्ट विकेट हो। स्टेनले टेस्ट बाहेक एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय भने खेल्नेछन्। “आज म सबैभन्दा माया गरेको खेलको […]

पाँचौँ सेब टु ए साइड पुरुष भलिबल यसै सातादेखि

काठमाडौँ, २० साउन । ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल सेब मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले […]

क्रिकेट छाडेर काश्मिरमा सेनाका साथमा भलिवल खेल्न थालेका धोनीको भिडियो भयो भाइरल

श्रीनगर । भारतीय सैनिक फौजसँगै कश्मीर पुगेका भारतीय क्रिकेट टीम कप्तान महेन्द्र सिंह धोनीबारे धेरैको चासो बढेको छ । हालै उनी सैनिकहरुसँग भलिबल खेलिरहेको एउटा भिडियो भाइरल नै बनेको छ । भारत सरकारले पर्यटक र तिर्थालुहरुलाई तत्काल कश्मीर छाड्न निर्देशन दिएको केही घण्टामै धोनीको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । धोनी कश्मीरमा सैनिकहरुसँग […]

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

  चिप्लेढुङगा, १९ साउन, नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् ।   उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिदै राष्ट्रिय गौरव बढाउन […]

शिवाङ्गी दुबेः ‘कक्षा–दश, स्वर्ण पाँच’

भीमदत्तनगर, १८ साउन । खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे । कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या निकेतनमा कक्षा–१० मा अध्ययनरत शिवाङ्गी नेपाली महिला कुस्तीको इतिहासमा अब्बल खेलाडीका रुपमा उदाएकी छन् । भीमदत्तनगरपालिका–४ भाषीस्थित तीन वर्षदेखि बुबा/आमासित डेरा गरी अध्ययनसँगै कुस्ती खेलमा लागेकी दुबे यतिबेला […]

मेस्सीमाथि कडा कारवाही, ३ महिने प्रतिबन्ध, ५० हजार यूएस डलर जरिवाना

काठमाडाैं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले […]

फुटसलको उपाधि घरेलु टोलीलाई

काठमाडौँ, १७ साउन । प्रथम नवोदित अन्तरकलेजस्तरीय फुटसल प्रतियोगिताको उपाधि घरेलु टिमले हात पारेको छ । बिहीबारदेखि सामाखुशी फुटसलमा शुरु भएको उक्त प्रतियोगिताका २५ टिमलाई हराउँदै आज नवोदित कलेजले प्रथम स्थान हात पारेको हो । पेनाल्टी सुटआउटमा समृद्धि कलेज बनस्थलीलाई ४–३ गोलअन्तरले हराउँदै नवोदित कलेजले उपाधि जितेको हो । प्रथम भएसँगै नवोदित कलेजले ६१ हजार […]

मेस्सी र रोनाल्डो फिफा अवार्ड का लागि उत्कृष्ट १० मा, परेनन नेइमार

काठमाडाै‌ं । फिफा अवार्ड २०१९को मनोनयन सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन् । फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी […]

रोनाल्डोले खेल्न नमानेपछि रिसाए फ्यान, पैसा फिर्ता मागेर गरे यस्तो लफडा

काठमाडाैं । क्रिस्टियानाे राेनाल्डाे अहिलेका चर्चित खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट लामाे समय तहल्का मच्चाएका राेनाल्डाे पछिल्लाे समय इटाली पुगेका छन् । अहिले इटालियन क्लब युभेन्टसबाट खेलिरहेका राेनाल्डाे पछिल्लाे समय अपेक्षित लय पकडन नसकेकाे बताइन्छ ।  यसैक्रममा क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरु उनकाे एक व्यवहारका कारण निकै रिसाएका छन् । प्रिसिजनका खेलहरु खेल्न दक्षिण काेरिया […]