चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन

काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् ।

सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।’ आफूले आवश्यक सबै कागजपत्र पेश गरेकाे तर पनि भिसा नपाएको सन्दीपले बताएका छन् ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरिडामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

यस्ताे छ सन्दिप लामिछानेकाे ट्वीट

अमेरिकी गर्याे भिसा र ग्रिनकार्डमा थप कडाइ

अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो। यसले भिसा र ग्रिनकार्ड लिने आप्रवासीले पाउँदै आएको सहुलियत समेत कटौती हुनेछ।

आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम‍्ब्याउन र ग्रिन कार्ड प्रप्त गर्न दिएको निवेदन अस्विकार गर्न सक्ने नियम बनाउँदै छ।

नीतिले एकवर्षभन्दा बढी खानेकुरा, आवास तथा सरकारी सुविधा लिन सक्ने आप्रवासीलाई लक्षित गरेको छ। आत्मनिरभर्ता बढाउन यो नियम ल्याउन लागिएको अधिकारीहरुले बताएका छन्।

सोमबार सङ्घीय रजिस्टरमा प्रस्तुत भएको ‘पब्लिक चार्ज रुल’ नामक नीति अक्टोबर १५ देखि लागु हुनेछ।

यो नीतिले आम्दानीको स्तर राम्रो नभएको र सरकारी सुविधामा निर्भर हुनसक्ने मानिसलाई अमेरिका प्रवेशमा बन्देज लाग्न सक्छ। तथा अमेरिकामा बसेर भिसाको अवधि लम्ब्याउन चाहनेको पनि निवेदन अस्वीकृत हुन सक्छ।

नागरिकताबिना अमेरिकामा बसिरहेका लगभग दुई करोड २० लाख मानिसलाई यो नियमले असर पार्न सक्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नीतिको बारेमा बताउँदै अमेरिकी नागरिकहरूको हित र सुरक्षा गर्न आप्रवासीहरू आर्थिक रूपमा आफैँ सबल हुनैपर्नै बताएका छन्।

आप्रवासी अधिकारका समर्थकहरुले भने उनको आलोचना गरेका छन्। उनीहरुले ट्रम्पको प्रशासनलाई मुद्दा हालेर नयाँ नीति रोक्ने प्रयास गर्ने बताएका छन्।

Loading...