बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै क्रिकेटर सन्दिप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, २१ भदौ । चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लामिछानेका विरुद्ध जवरजस्ती करणीको जाहेरी परेको काठममाडौं जिल्ला प्रहरी कार्यालय टेकुले पुष्टि गरेको छ ।

टेकु प्रहरी स्रोतका अनुसार पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै प्रहरीले मेडिकल परीक्षण समेत गराएको छ । प्रहरीले यसका बारेमा थप विवरण भने सार्वजनिक गर्न मानेको छैन ।

कप्तान लामिछाने यतिबेला क्रिकेट खेल्न नेपाल बाहिर रहेका छन् । स्रोतका अनुसार लामिछानेका विरुद्ध सोमवार नै तयार गरिएको भए पनि उजुरी मंगलबार मात्रै दर्ता गरिएको हो ।

Loading...