अष्ट्रेलियामा सन्दिपको ठूलो सफलता, बिगबासका सबैभन्दा बढी विकेट लिने खेलाडी बने सन्दिप

काठमाडाैं । सन्दीप लामिछानेले अष्ट्रेलियामा महत्वपूर्ण सफलता हात पारेका छन । अष्ट्रेलियामा जारी बिग बासमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । नेपाली यूवा लेग स्पेनर सन्दीपकाे याे सफलतालार्इ धेरैले प्रशंसा गरेका छन् ।

बिगबासकाे जारी खेलमा सन्दीपले ७ विकेट लिन सफल भएका छन् । यससँगै सन्दीपले सिड्नी थण्डरका ड्यानिलय साम्सलाई पछि पारेका छन्। साम्सले ६ विकेट लिएका छन्।

बिहिबार सिड्नीमा जारी खेलमा सन्दीपले मेलबर्न स्टार्सका तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध ४ ओभर बलिङगर्दै १८ रन दिएर २ विकेट हात पारे। उनले आज सिड्नीका कप्तान मोइजेस हेनरिक्स र टोम कुरानलाई आउट बनाएका हुन्। टस जितेको सन्दीपको टोली मेलबर्नले सुरुवाती फिल्डिङ गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपलेले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन्। यसअघि बिग बासको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए। दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिएl

Loading...