निर्माण ठेकेदारको कारण शहर धुलाम्य – महानगर प्रमुख शाक्य

निर्माण ठेकेदारहरुको काम गराई परिवर्तन नगरे काठमाडौंको धुलो नियन्त्रणमा लिन गाह्रो हुने

   

काठमाडौं, १२ पुस । काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शहरको धुलोमैलो सफा गर्न विकास निर्माणका ठेकेदारहरुलाई आग्रह गरेका छन ।
मेयर शाक्यले काठमाडाैंकाे धुलाे ठेकेदारका कारणले हुने गरेका बताएका छन । भुकम्पका कारण ढलेकाे धरहराकाे बिहीबार शिल्यान्याश गर्ने कार्यक्रममा बाेल्दै शाक्यले ठेकेदारहरुले गर्दा महानगरकाे धुलाे मुक्त बनाउने याेजना सफल हुन नसकेकाे बताए । शाक्यले ठेकेदारहरुका कारण सहर धुलोमैलो बढिरहेको आरोप पनि लगाए ।

शाक्यले पछिल्लो समय महानगरले दिनहुँ सडक सफा गरिरहेकाे भए पनि ठाउँ ठाउँमा चलिरहेका विकास निर्माणका कामले फेरि धुलो सडकमा आउने गरेको उनले दावी गरे । लापरवाहीपूर्ण तरिकाले ठेकेदारहरुले निर्माणका काम गर्ने भएकाेले त्यसकाे असर सबैतिर परेकाे उनले बताए । तर महानगरले भने अहिले सहरी साैन्दर्य बढाउन निकै मेहनत गरिरहेकाे उनले सुनाए ।

शाक्यले अहिले सडक विभाग र महानगपालिकाबीच राम्राे सहकार्य गरेर अगाडि बढिरहेकाे बताए । तर, ठूला ठूला निर्माणस्थलबाट आउने धुलोले निकै धेरै दुःख दिइरहेको बताए । उनले भने, ”हामीले दिनदिनै सफाइकाे काम गरिरहेका छाै । तर जति सफा गरे पनि निर्माणस्थलबाट उतिखेरै सडकमा आउने धुलो अाउछ । जसले गर्दा त्याे धुलाे नियन्त्रण गर्न महानगरलाइ निकै गाह्राे भयाे ।”

मेयर शाक्यले महानगरले हिजाेअाज जेट मेसिन र पुरानै ब्रुमर प्रयोग गरेर सडक सफा गरिरहेकाे बताए । त्याे मेशिनले सडककाे धुलो सोहोर्ने, पानी छर्किने, रुखमा टाँसिएका धुलो तान्ने प्रयास गरिरहेकाे भए पनि त्याे अर्थहीन भइरहेको उनले दावी गरे ।

उनले भने, ‘अर्बौंका प्रोजेक्टमा काम हुने, यहाँबाट दिनभरी चार-पाँच पटक सफा गर्दा पनि दुईचार वटा गाडी निस्किएपछि पुरानै स्थितिमा आउने अवस्था रहेको छ । उनले साे क्रममा ठेकेदारहरुलार्इ अब नियममा बाँध्नुपर्ने बताए । उनले निर्माणस्थलबाट सडकमा धुलो नआउने गरी काम गर्न ठेकेदारहरुलाई आग्रह गरे ।

उनले भने ‘म ठेकेदार मित्रहरुलाई अनुरोध गर्न चाहन्छु, तपाईंहरुको सानो मिहिनेतले थोरै लगानीले पनि समग्र सहरलाई सफा गर्न सहज हुनसक्छ, निर्माणस्थलबाट सडकमा धुलो नआउने प्रविधि प्रयोग गरिदिनुस् ।

उनले काठमाडौं सहरलाई सुन्दर बनाउने अभियानकै क्रममा धरहराकाे पूनर्निर्माण भइरहेकाे बताए । उनले याे काम पनि सबैले पहलकदमी लिए समयमै धरहरा बन्न सक्ने बताए ।

बिहीबार नै सुन्धारास्थित धरहरा पुनर्निर्माण कार्यकाे शिल्यान्यास गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा अाेलीले धरहरा पुनर्निर्माणकाे शिल्यान्यास गरेका हुन् ।

Loading...