सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप

काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो ।

सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भयो । त्यतिमात्र होइन, सिंगापुरमा हार व्यहोरोपछि नेपाली राष्ट्रिय क्रिकेट टोली केही समयका लागि तितरवितर हुने भएको छ । यही क्रममा आइतबार नै नेपाली क्रिकेट टोलीका दुई सदस्य सन्दिप र सोमपाल सिंगापुरबाट क्यानडा लागेका छन् । र, उनीहरुबीच क्यानडा गए लगत्तै झण्डै भिडन्त हुने सम्भावना रहेको थियो । तर, त्यो भिडन्त बालबाल टरेको छ ।

यी दुईबीच साँच्चिकैको मुक्केवाजी भिडन्त भने हुने होइन । उनीहरु दुबै जना फरक फरक टोलीबाट खेल खेल्न क्यानडा गएका छन् । उनी दुबै जना आवद्ध रहेका दुई क्लब. सोेमवार भिड्ने तालिका थियो । अहिले क्यानडामा ग्लोबल क्यानडा टि–२० लिग चलिरहेको छ । सोही लिग अन्तर्गत सन्दीप र सोमपाल आवद्ध टोली सोमवार भिड्ने कार्यतालिका छ ।

युवा स्पिनर सन्दीप क्यानडाको टोरोन्टो नेशनल्समा आवद्ध भएका छन् । उनलाई टोरोन्टोले यस सिजनमा ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । त्यस्तै सोमपाललाई क्यानडाकै विनिपेग हक्सले आवद्ध गराएको छ । सोमपाललाई उक्त क्लबले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

यसअघि सोमवार नै सन्दीप र सोमपाल दुबै क्यानाडा खेल्ने कार्यतालिका भएकोले उनीहरुबीच भिडन्त हुने पक्कापक्की रहेको बताइएको थियो । तर, उनीहरु सोमवार बिहान मात्र पुग्ने र सोमवार आराम गरेर मंगलबारबाट मात्र प्रतियोगिताका लागि उपलब्ध हुने बताइएको छ ।

सन्दीप र सोमपाल खेल्न नपाए पनि उनीहरु आवद्ध रहेका दुई क्लबबीच भने सोमवार भिडन्त हुने भएको छ । सोमबार सन्दीपको टोरोन्टो र सोमपालको विनिपेग एकआपसमा भिड्न लागेका हुन्।

यसअघि सन्दीप आवद्ध रहेको टोरोन्टो क्लब उद्घाटन खेलमा पराजित भएको थियो र दोस्रो खेल जितेको थियो। त्यस्तै सोमपालको विनिपेग पहिलो खेलमा मोन्ट्रोरियल पनि टाइगर्स क्लबबाट पराजित भएको थियो। विनिपेगको अर्को खेल आइतबार भेन्कुवभर नाइट्ससँग हुने बताइएको छ। सोमबार विनिपेगले सन्दीपको टोरोन्टोको सामना गर्नेछ।

अंकतालिकामा दुई खेल खेलेको सन्दीपको टोरोन्टो एकमा जित र एकमा हारसहित २ अंक जोडेर तेस्रो स्थानमा छ। यस्तै एक खेलमा हार ब्यहोरेको सोमपालको विनिपेग पुछारमा छ।

Loading...