कमेडियन अपूर्व क्षितिजले एक कम्र्दी सो मा नेवार समुदायलाइ होच्याएको र अपमान गरेको बिषयमा उनि विरुद्ध नेवाः समुदायले कानुनि कारवाही गर्नु पर्ने माग राखेका छन् ।
नेवाः समुदायका अभियान्ताहरुले आज काठमाडौँ महानगरीय परिसरमा जाहेरी दिए पछी अपुर्वले सामाजिक संजाल मार्फत माफी माग्दै भिडियो पोस्ट गरे पश्चात पनि अभियानता र अधिकार कर्मिहरुले कानुनि कारवाही गरेरै छाड्ने अडानलाइ कायम राखेका हुन् ।
क्षितिजले नेवाः समुदायलाई लिएर गरेको हाँस्य प्रस्तुतीबाट नेवा: समुदायको आस्था माथि ठेस पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । २४ घण्टा भित्र क्षितिजलाई पक्राउ नगरे भोलि आइबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने तयारि रहेको अभियान्ता यादवलाल कायेष्थले जानकारी दिएका छन् । कायेष्ठले भने ‘ कुनै पनि जाति धर्म , समुदायलाइ लक्षित् गरि अपमानित अभिव्यक्ति मान्य हुने छैन । यो दुब्य्बहार हो , उहाले आफुले गल्ति भयो , अध्यन भएन वा ग्यान भएन भनेर माफी माग्दैमा छोड्न सकिदैन । ’
आज सार्वजनिक विदा भएका कारण जाहेरी दर्ता नहुने भनिए पनि नेवाः अभियान्ताहरुको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेको अभियान्ताहरुले जानकारी दिए ।
नेवाः समुदायको आस्था, बोलीचाली, रहनसहन र खानाका परिकारलाई लिएर गरिएको मजाकले नेवा समुदायलाई आघात पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ ।