काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। क्यानले यस पटक […]
खेलकुद
काभा महिला भलिबल च्याम्पियनसिप : समूहको अन्तिम खेल आज माल्दिभ्ससँग खेल्दै नेपाल
काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ । नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा […]
विश्वकप लिग २ : अन्तिम खेलमा नेपालले अमेरिकामाथि दर्ता गर्यो सानदार
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप […]
डीसीसी प्रिमियर लिग जेठ ९ देखि शुरू हुने
भैरहवा। देवीनगर क्रिकेट क्लबद्वारा आयोजित सिटी एक्सप्रेस प्रिजेन्ट्स डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २) पावर्ड बाइ एक्सपर्ट एजुकेशनको अक्सनसहितको कार्यक्रम गत शनिबार होटल पौवा, योगीकुटीमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका छन्। यस प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी […]
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, रोहित र इशनको अर्धशतक
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान […]
ललित र सन्दीप चम्किँदा ३९.१ ओभरमा स्कटल्याण्ड अल आउट, नेपालले पायो १९५ रनको लक्ष्य
काठमाडौँ । ललित राजवंशी र सन्दीप लामिछाने चम्किँदा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ। विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको हो। नेपालले १९५ रनको लक्ष्य पाएको छ। त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। लेग स्पिनर […]
स्टार्कको कीर्तिमानी तोडेर सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी
काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए […]
आईसीसी विश्वकप लिग २ : जितको लक्ष्यसहित नेपालले स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ। संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ। घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली […]
लिग–२ : ओपनर कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे […]
फुकुवा भयो राखेपले एन्फामाथि लगाएको निलम्बन
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गरेको हो । एन्फा पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले जनाएका छन् । राखेपले पटक पटक दिएको निर्देशन पालना […]











