क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका […]

केप भर्डेलाई हराएसंगै विश्वकपका लगातार ८ गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी विश्वकपका लगातार ८ खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्। ३९ वर्षीय मेस्सीले खेलको २९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने […]

अल्जेरियालाई हराउँदै स्विट्जरल्याण्ड अन्तिम-१६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो । स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे । पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा […]

क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ। टोरन्टो स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो। खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले सुरुवाती अग्रता भने गुमाएको थियो। ५३औं […]

१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा प्रवेश

सान फ्रान्सिस्को । फोलोरिन बालोगुन एकै खेलमा हिरो र भिलेन दुवै बने पनि विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिका २-० गोलले विजयी बनेको हो । पहिलो हाफको अन्तिमा समयमा फोलोरिन बालोगुनले गोल गर्दै टोलीलाई दिलाएका थिए । […]

एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ । फ्रान्सको एकतर्फी जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने युवा खेलाडी ब्राड्ली बारकोलाले एक गोल थपे । खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको […]

मोरक्कोले इन्जुरी समयमा गोल फर्काएपछि नेदरल्यान्ड्ससँग १–१ को बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले इन्जुरी समयमा गोल फर्काउँदै नेदरल्यान्ड्ससँग १–१ को बराबरी गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर खेल सकिनै लाग्दा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्‍यो। इन्जुरी समयको पहिलो […]

पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश

काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को अत्यन्तै रोमाञ्चक र नाटकीय भिडन्तमा पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि विजेताको फैसला पेनाल्टी सुटआउटबाट […]

अस्ट्रेलियासँग पराजित हुँदै टी–२० विश्वकपबाट बाहिरियो भारतीय महिला टोली

लर्ड्स । भारतीय महिला क्रिकेट टोली टी–२० विश्वकपबाट बाहिरिएको छ। लर्ड्समा खेलिएको गर या मरको खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतको विश्वकप यात्रा समाप्त भएको हो। भारतले जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरे पनि एलिस पेरी र एश्ले गार्डनरको शतकीय साझेदारीले खेलको पाटो नै बदलिदियो। कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट […]

इटालीमा सुनमाया बुढाले जितिन् १२० किलोमिटर अल्ट्रा ट्रेलको उपाधि, तोडिन् १३ वर्ष पुरानो रेकर्ड

काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरिन् । यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ […]