केकेआरबाट मुस्ताफिजुरलाई निकालेपछि बंगलादेशले विश्वकपका खेल भारतबाट श्रीलंकामा सार्न गर्‍यो माग

काठमाडौँ । बंगलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले आगामी टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलंका सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सँग माग गर्ने भएको छ। टी-२० विश्वकप २०२६ का खेल भारत र श्रीलंकामा हुँदैछन्। यो विवादको मुख्य कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी तीव्र गतिका बलर […]

एनभीए भलिबल च्याम्पियनसिप : आज सेमिफाइनलका खेल हुँदै

काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल बिहान ९ बजेदेखि हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल […]

सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । तालिकाको माथिल्लो स्थानमा रहेको सिटी आफूभन्दा तलको टोलीसँग अंक बाँड्न बाध्य बनेको हो । ४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बलको नियन्त्रण र आक्रमणमा दबदबा बनाएको देखिए पनि गोल गर्न सकेन । यता २९ अंकसहित तालिकाको […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो वर्ष पनि ग्रामकाली मावि अमारे प्रथम

gramkali mabi

सिन्धुली । सुनकोशी गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा ग्रामकाली माध्यमिक विद्यालय, अमारेले पुनः प्रथम स्थान हासिल गर्दै आफ्नो खेलकुद प्रभुत्व कायम राखेको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म मुलकोटको […]

नेपाल एकायन कराते संघको उद्घोषण तालिम, खेल सामाग्री हस्तान्तरण र दन्त शिविर सम्पन्न

काठमाडौ । नेपाल एकायन कराते संघको आयोजनामा सञ्चालित १५ दिने उद्घोषण तालिम कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोह, खेलकुद सामग्री वितरण कार्यक्रम र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।  बहुउद्देश्यीय मार्शलआर्ट केन्द्र, खुशिबुँ, नयाँ बजारले आयोजना गरेको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १६ मा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १६ की वडा […]

ललितपुरमा बुद्धिचाल प्रतियोगिता

महालक्ष्मी नगरपालिका वडा नं ९ को आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत सामाजिक कार्यक्रमअनुसार तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता शुक्रबार लामाटारमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले गरेका छन्। वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, बागमती प्रदेशका पूर्व प्रदेशसभा […]

टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालमा पनि

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो। आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ। ट्रफीलाई आइसिसी पुरुष टी–२० […]

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन् । यसअघि नेपाली महिला टिमले विदेशी […]

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले […]

भक्तपुरमा सर्वाधिक प्रतिस्पर्धी रहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

Sports Bhaktapur municipality

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । शहीद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिता उद्घाटन गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौं विद्यार्थी सम्मिलित र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय परिसर हुँदै सहिदस्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको […]