स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’का अन्तिम खेल सकिँदा स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्‍यो। स्पेनका लागि निर्णायक गोल आलेक्स बाएनाले ४२औँ मिनेटमा गरे। मार्कोस योरेन्तेको पासमा आएको उक्त गोल नै खेलको एकमात्र गोल […]

नेदरल्यान्ड्स समूह विजेता, बराबरी खेल्दै जापान र स्वीडेन पनि नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ । भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको हो । नेदरल्यान्डस्ले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको सातौं मिनेटमा नेदरल्यान्डस्का ब्रायन ब्रोबेले गोल गर्दै […]

जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर, कुरासाओलाई हराउँदै आइभरी कोस्ट नकआउट चरणमा

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । सुरुवाती अग्रता जाेगाउन नसक्दा जर्मनी पराजित हुन पुग्याे । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय […]

मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का अन्तिम खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले जित हात पार्दै नकआउट चरणमा स्थान बनाएका छन्। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोका लागि दोस्रो हाफमा मातेओ चाभेज र जुलियन किन्योनेसले गोल गरे। चाभेजले ५५औँ मिनेटमा […]

विश्वकप फुटबल: मुनोजको गोलमा कंगोमाथि कोलम्बियाको १-० को संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले […]

रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, उज्बेकिस्तान स्तब्ध

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोल अन्तरको विशाल जित दर्ता गरेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि सानदार जित निकालेको हो । पोर्चुगलको यस जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल […]

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार […]

विश्वकप २०२६ : नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो। ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश […]

अल्जेरियामाथि ३–० को जित, मेसीले गरे ह्याट्रिक

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेसी नायक बने। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई सहज जित दिलाए। सुरुआती चरणमा अफसाइडका कारण उनको एक गोल खारेज भएको थियो। […]

तेस्रो बागमती प्रदेश खेलकुद आजदेखि, ३ हजारभन्दा बढीको सहभागिता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ आजदेखि सुरु हुँदैछ। हेटौंडा उपमहानगरपालिका–६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिताको औपचारिक उद्घाटन हुन लागेको हो। यसअघि जेठ २४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको भए पनि आन्तरिक तयारीका कारण प्रतियोगितालाई असारको पहिलो सातासम्म सारिएको परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधाका खेलहरू […]