काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो ।
मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन । पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो ।
कोलम्बियाले खेल अवधिभर कूल १९ सट प्रहार गर्दा ९ सट अन टार्गेटमा थियो । जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले ८ बचाउ गरे । कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो ।
कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले मंगलबार राती उज्वेकिस्तानलाई ५-० ले हराएर पहिलो जित हात पारेको थियो । पवर्चुगललाई नकआउट चरण पुग्न कोलम्बिया विरुद्ध बराबरी नै पर्याप्त हुनेछ ।
यस्ते क्गोले अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ । उक्त खेलमा जित हात पारेमा कंगोको पनि उत्कृष्ट तेस्रो टिममा रहेनर नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।







