धनन्जय एक्लै बने न्युजिल्याण्ड माथि भारि, टेलरको इनिंगले सम्हालिदै किवीज

एकदिवसीय विश्वकप उपविजेता टिम न्युजिल्याण्ड विश्वकप पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न श्रीलंका पुगेको छ। श्रीलंका भ्रमण अन्तर्गत २ वटा टेस्ट र ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टेस्ट गालेमा बुधबार सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर २०३ रन बनाएको छ। भारि वर्षाले खेल छिटो रोकिंदा पहिलो दिन ६८ ओभरको मात्र खेल भयो।

खेल सकिंदा रोस टेलर अविजित ८६ रन तथा मिचेल स्यांटनर ८ रन बनाएर ब्याटिंग गरिरहेका छन्। टेलरले १३१ बलमा ६ चौका प्रहार गरेका छन्।

टेलर अविजित ८६ रन बनाएर ब्याटिंग गरिरहेका छन्

राम्रो सुरुवात गर्ने क्रममा किवी ओपनर जित राभल र टम लाथमले पहिलो विकेटको लागी ६४ रनको साझेदारी गरेका थिए। तर स्पिनर अकिला धनन्जयले छिटो अन्तरालमा ३ विकेट लिंदै श्रीलंकालाई खेलमा फर्काए।

२६ औं ओभरमा धनन्जयले लाथम र कप्तान केन विलियमसनको विकेट लिए। लाथमले ८८ बलमा ३ चौका मदतले ३० रन बनाए। विलियमसन ३ बल खेलेर खाता नखोली आउट भए। त्यसपछि ३१ औं ओभरमा जित राभलल पनि ८३ बलमा ३ चौका मदतले ३३ रन बनाएर धनन्जयको शिकार बन्न पुगे।

६४/१ बाट ७१/३ पुगेको न्युजिल्याण्डको योगफललाई हेनरी निकोलस र रोस टेलरले अघि बढाए र चौथो विकेटको लागि १०० रनको साझेदारी गरे। ७८ बलमा २ चौका प्रहार गर्दै ४२ रन बनाएका निकोलसलाई धनन्जयले एलबिडब्लु धरापमा पारे। लगत्तै स्पेलको अर्को ओभरमा १ रन बनाएका ब्राडले वाटलिंगलाई पनि धनन्जयले एलबिडब्लु आउट गरे।

त्यसपछि रोस टेलर र स्यांटनरले छैठौं विकेटको लागि ६४ रनको साझेदारी गर्दै क्रिजमा रहेका छन्।

धनन्जयले टेस्ट क्रिकेटमा ५ विकेट लिएको यो चौथो अवसर हो। मात्र छैठौं टेस्ट खेल्ने क्रममा उनले ३२ विकेट लिईसकेका छन्।

जारि टेस्टमा २२ ओभरमा २ मेडन ओभर गर्दै ५७ रन खर्चेर उनले ५ विकेट लिईसकेका छन्। सुरंगा लक्मल, लाहिरु कुमारा , धनन्जय डी सिल्भा  र लासिथ इम्बुलडेनिया ले विकेट लिन सकेका थिएनन्।

Loading...