शहजाद अनिश्चितकालको लागि अफगानिस्तान बोर्डको निलम्बनमा, कारण यस्तो

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले अनुभवी विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादको अनुबन्ध अनिश्चितकालको लागि निलम्बित गरेको छ।

शहजादलाई अफगानिस्तान बोर्डको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको हो। उनले देश बाहिर जानु भन्दा अघि क्रिकेट बोर्डको अनुमति लिएका थिएनन्। बोर्डको नियमानुसार देश बाहिर जानको लागी कुनै पनि खेलाडीले एसीबिको अनुमति लिनु पर्छ। उनले यो नीतिको बारम्बार उल्लङ्घन गरेका थिए।

शहजादले बोर्डको नीति बिरुद्ध काम गरेको यो पहिलो पटक हैन। २०१८ मा उनले पेशावरमा क्रिकेट प्रतियोगिता खेल्नको लागि पनि आचारसंहिता उल्लङ्घन गरेका थिए।

 

View image on Twitter
 
अफगानिस्तान क्रिकेट बोर्डको अनुशासन समितिले विश्वकपपछि २० र २५ जुलाईमा बोलाएको बैठकमा शहजाद उपस्थितनै रहेका थिएनन्। बोर्डले शहजादले गरेको उल्लङ्घनको आंकलन गर्दै निलम्वन बारे थप निर्णय गर्न इद पछि अनुशासन समितिको बैठक बोलाउने बताएको छ।

३२ वर्षीय शहजादलाई २०१९ विश्वकपको दौरान घुंडाको छोटको कारण भन्दै उनको सट्टा अर्का ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन गरेको थियो। तर शहजादले भने आफुलाई टिमबाट षडयन्त्रपुर्वक निकालिएको बताएका थिए ।

सन् २००९ मा अफगानिस्तानको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका शहजाद ले कुल ८४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६ शतक र १४ अर्धशतक मदतले ३,०८२ रन बनाएका छन्। यस्तै उनले २ वटा टेस्ट र ६५ टि-२० समेत खेलेका छन्। टेस्टमा ६९ रन तथा टि-२० मा  एउटा शतक मदतले १,९३६ रन बनाएका छन्।

Loading...