शहजाद अनिश्चितकालको लागि अफगानिस्तान बोर्डको निलम्बनमा, कारण यस्तो

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले अनुभवी विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादको अनुबन्ध अनिश्चितकालको लागि निलम्बित गरेको छ। शहजादलाई अफगानिस्तान बोर्डको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको हो। उनले देश बाहिर जानु भन्दा अघि क्रिकेट बोर्डको अनुमति लिएका थिएनन्। बोर्डको नियमानुसार देश बाहिर जानको लागी कुनै पनि खेलाडीले एसीबिको अनुमति लिनु पर्छ। उनले यो […]

नेपालले पांच राष्ट्र सम्मिलित टि–ट्वान्टी क्रिकेट खेल्ने

काठमाडौँ, २४ साउन । नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ […]

राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ, २४ साउन । आसन्न एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल […]

बायर्न म्युनिखकाे नयाँ रेकर्ड एकै खेलमा २३ गोल, ५ खेलाडीले गरे ह्याट्रिक (भिडियोसमेत)

काठमाडौं, २४ साउन । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा शनदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो । सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस […]

एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु

काठमाडौँ, २३ साउन । अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि यू–१९० एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ । काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान […]

साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ, २३ साउन । भारतमा आयोजना हुने साफ यू–१५ पन्ध्र वर्षमुनि फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते […]

आईसीसीको वरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे

२३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन् । नयाँ बरियता अनुसार उनी टी–२० को अलराउण्ड तर्फ २६ औं स्थानमा छन् । यसअघि कप्तान खड्का टि–२० अलराउण्डरमा ४० औं स्थानमा रहेका थिए । केही समय अगाडि मलेसिया र सिंगापुरमा […]

एसिसीबाट स्वीकृति नआउँदा बन्द प्रशिक्षण प्रभावित

काठमाडौँ, २१ साउन । अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) को एशिया कप खेल्नुपर्ने नेपाली युवा टोलीको बन्द प्रशिक्षण अहिलेसम्म शुरु हुन सकेको छैन । एक महीना अघि मात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि जितेर एशिया कपमा स्थान बनाएको नेपाली युवा टोलीको आजसम्म पनि बन्द प्रशिक्षण शुरु नहँुदा फेरी पनि […]

कलिलो उमेरमै फूटबल मोह

खोटाङ, २१ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फूटबल खेलसम्बन्धी अभ्यास गर्छन् । उनी ७ बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकेर १० बजे विद्यालय जान्छन् । अङ्ग्रेजी माध्यमको शिक्षा अध्ययन गर्न गाउँबाट दिक्तेलबजारमा आएका श्रेष्ठको लक्ष्य छ कुशल […]

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौँ, २१ साउन । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । […]