फिलिपे कौटिन्हो बार्सिलोना छाडेर बार्यन म्युनिख जाँदै

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो ।

२७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा अनुपस्थित थिए । सो खेलमा बार्सा एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो । बार्सिलोनाले ठुलो रकम खर्चिएर कौटिन्हेलाई गत सिजन क्लबमा ल्याएपनि उनी प्रभाव जमाउन असफल भएका थिए ।

उनी ईङ्लिस क्लब जाने चर्चा चलेपनि सरुवाको अन्तिम दिनसम्म कुनै प्रगति हासिल भएन । सोही कारण कौटिन्होले अब जर्मन क्लब नयाँ सिजन बिताउने पक्का भएको छ । दुवै क्लबबीच कौटिन्होको बिषयलाई लिएर सहमती बनेको छ । यसलाई औपचारिक प्रदान गर्न बाँकी छ । बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको बिषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा बार्यन जाने बिषयमा सहमती बनेको उल्लेख गरेका छन् ।

गत सिजन बार्सिलोनाबाट कौटिन्होले ५४ खेल खेल्दै मात्र ११ गोल गरको थिए । उनले ५ गोलको अवसर सिर्जना गरेका थिए । कौटिन्होको स्थानमा बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई ल्याएको छ । यस्तै फ्रान्सेली खेलाडी उसमान डेम्बेले समेत बार्साको विकल्पको रुपमा रहेका छन् ।

Loading...