क्रिकेट बलले लाग्दा अम्पायरको मृत्यु

क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ। अम्पायर जोन विलियम्स उक्त घटना घटेको १ महिना पछि सदाका लागि विदा भएका हुन्।

बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लागिएको थिए। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता पछि उनको निधन हुन पुग्यो।

विलियम्स हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरी थिए र पेम्ब्रोकसायर काउन्टी डिभिजन-२ खेलमा अम्पायरको भूमिकामा थिए जुन क्रममा उनलाई बलले लागेको थियो। ८० वर्षको उमेरमा विलियम्सको निधन भएको हो।

विलियम्सको निधन पछि पेम्ब्रोकसायर क्रिकेटले ट्वीट गर्दै दुख व्यक्त गर्दै ट्वीट गरेको छ।

सोहि खेलमा अर्को अम्पायर रहेका रोबर्ट सिमोन्सले बिबिसीसंग कुराकानीमा विलियम्स निकै भलाद्मी व्यक्तितको रहेको र क्रिकेटको लागि महान व्यक्ति भएको बताएका छन्। क्रिकेटलाई आफ्नो जीवनकालमा उनले निकै धेरै समय दिएको समेत उनले बताएका छन्।

“उनि ८० वर्षको उमेरमा पनि जिम्मेवारी निभाउन चाहन्थे। यो निकै दुखद घटना हो। म अर्को अम्पायरको रुपमा रहेको थिए  … त्यो निकै दुखद थियो”