टी–२० विश्वकप सुरु, आजै ३ खेल हुने

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु भएको छ । विश्वकपको पहिलो दिन आज कुल तीन खेल आयोजना हुनेछन्। पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। उक्त खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको छ। यस्तै दोस्रो खेलमा समूह ‘सी’ का […]

वार्मअप खेलमा भारतको सानदार जित, दक्षिण अफ्रिका ३० रनले पराजित

मुम्बई । टी-२० विश्वकपको तयारीका क्रममा भएको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २४० रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि इशान किशनले मात्र २० बलमा अर्धशतक प्रहार गरे भने तिलक वर्माले ४५, अक्षर पटेलले ३५ र […]

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम, मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार यूएईसँग खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । […]

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं । पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो । अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर […]

सहारा क्लब पोखराले आहा रारा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने

पोखरा । सहारा क्लब पोखराले यो वर्ष आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने भएको छ । प्रतियोगिताको २५ औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म हुँदैछ ।  पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको फुटबल प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशि थपिएको छ भने रातको समयमा फ्लडलाइटमा खेल हुने भएको […]

टी-२० विश्वकप तयारी : भारतको एमसीए प्रेसिडेन्ट-११ विरूद्ध नेपालको जित

काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्धको पहिलो अभ्यास टी-२० खेलमा जित हासिल गरेको छ। बिहीबार मुम्बईको ब्राबोर्न स्टेडियममा भएको उक्त खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको हो। एमसीए प्रेसिडेन्ट ११ ले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ […]

स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो । नेपालका लागि […]

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट […]

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ । पेस बलर सुमन विष्‍टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब […]

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन […]