बेंगलुरु, भारत । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले पहिलोपटक इन्डियन प्रीमियर लिग(आइपिएल) उपाधि जितेपछि भएको उत्सवले बेंगलुरुमा ठूलो दुर्घटनाको रूप लिएको छ । स्टेडियमबाहिरको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् । चिन्नास्वामी स्टेडियम नजिक हजारौं फ्यानहरू अभिनन्दन समारोहमा सहभागी हुन जम्मा भएका थिए । […]
खेलकुद
१८ वर्षपछि बेंगलुरुले बन्यो आइपिएल बिजेता
काठमाडौं । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन […]
प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता सम्पन्न
बुद्धशरण शाही, काठमाडौँ । नेपाल एकायन कराते संघ साँखु शाखाको आयोजनामा शंखरापुर नगरपालिका–५ स्थित प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता २०८२ सोमबार सम्पन्न भएको छ। प्रतियोगिता शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कभर्डहलमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम शाखा प्रमुख विनिता थिङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा […]
एन्फाको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेश निषेध
काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्। तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ। उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण ढिलाइबारे प्रधानमन्त्रीको चासो
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका […]
कर्णालीको खेल प्रतिभा खोज्ने प्रतियोगिता मुड्केचुलामा सम्पन्न, यस्तो छ नतिजा
दीर्घबहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिकाले कर्णालीको विकट क्षेत्रमा लुकेको खेलकुद प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिता- २०८२ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताले केवल प्रतिस्पर्धा मात्र होइन, सम्भावनाको उज्यालो सन्देश पनि बोकेको छ। समापन समारोहमा प्रमुख अतिथि तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले खेलकुदलाई अनुशासन, मितव्ययिता र लुकेको कला […]
तीन रनको अभावले नेपाल उपाधीबिहिन
काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ । जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो । कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो । हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो। १७५ […]
जिम्नास्टिकमा १८ पालिकालाई पछि पार्दै भक्तपुर प्रथम, मध्यपुर दोश्रो र चन्द्रागिरी तेस्रो
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ । काठमाडौ र ललितपुर महानगर र पोखरा उपमहानगरसहित १८ नगरपालिकालाई पछि पार्दै आयोजक भक्तपुर नगरपालिका प्रथम भएको हो । जिम्नास्टिकको देशमै पहिलो अन्तर नगर प्रतियोगिता मानिएको सो प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका दोस्रो र काठमाडौको चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान प्राप्त गर्न […]
प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगितामा साहिर प्रथम, आइकेओके डोजोको यस्तो नतिजा
ललितपुर । प्रथम क्योकुशिन रियो राष्ट्रिय प्रतियोगिता-२०२५ मा साहिर श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । सो प्रतियोगितामा आईकेओके क्योकुशिनकाई कराते डोजो नखिपोटका साहिर सर्वोत्कृष्ट भएका हुन् । इन्टरनेशनल कराते एलायन्स क्योकुशिन रियोको आयोजनामा ललितपुरको नखिपोटमा सम्पन्न प्रतियोगितामा साहिरले खुला तौल समूहमा प्रथम स्थान र उक्त डोजोकै दिनेश बम्जनले दोस्रो स्थान हासिल गरे […]
भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु, १८ नगरका १ सय ५८ खेलाडीबीच प्रतिस्पर्धा
भक्तपुर । भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिका आयोजक रहेको प्रतियोगिता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शनिवार उद्घाटन गरेका छन् । शनिवार अपराह्न सहिद स्मृति खेलमैदानबाट शुरु प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने वडाध्यक्ष एवं खेलकुद समिति संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् । प्रतियोगितामा महानगर र उपमहानगरसहित १८ वटा नगरपालिकाका […]