सिराहामा गोली प्रहार गरी पुरूषको हत्या

सिराहा । सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए। घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो। उक्त […]

भक्तपुरको पलाँसेमा युवक मृत फेला

भक्तपुर । भक्तपुरको पलाँसेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–९, पलाँसेस्थित सिवर्ड रेष्टुरेन्ट अगाडिको खोल्सामा आइतवार बिहान एक युवक मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन । मृतक अन्दाजी २५/३० बर्षको जस्तो देखिने प्रहरीले जनाएको छ । खोल्सामा उत्तानो परेको अवस्थामा शव फेला परेको हो । मृतकले […]

सिन्धुलीमा सशस्त्र समूहद्वारा नेपाल एसबीआई बैंक लुटपाट

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् । प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। […]

बन्दुकसहित मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक व्यक्ति गोली लागि मृत अवस्थामा फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ राइटोल बस्ने ४० वर्षिय सनिप चाम्लिङ राई मृत अवस्थामा फेला परेका हुन् ।उनको शरीरमा तीन राउण्ड गोली लागेको छ । राई उनकै घरको चौंथो तलामा रहेको कोठामा कन्चटमा गोली लागेर मृत अवस्थामा फेला परेको […]

किशोरीलाई भारत लगेर बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

भक्तपुर । करिब २८ वर्षअघि मनकामना मन्दिर घुमाउने बहानामा १७ वर्षीया किशोरीलाई भारत पुर्याइ बेचेको आरोपमा ५५ वर्षिय कमल खतिवडा पक्राउ परेका छन्।   २०५४ साल मंसिरमा सांकेतिक पहिचान भक्तपुर–२७ (छ८६)  भएकी किसोरीलाई त्यतिबेला ललितपुरको बालकुमारीमा बस्दै आएका ताप्लेजुङ जिल्लाको साविक थुम्बेदिन गाउँ विकास समिति वडा नं. २ (हाल पाथिभरा याङवरक गाउँपालिका) स्थायी घर भएका […]

डान्सबार, मसाज तथा स्पा सेन्टरमा प्रहरीको एक्सन

काठमाडाैं । प्रहरीले काठमाडाैंका विभिन्न डान्सबार, मसाज तथा स्पा सेन्टरमा छापा मारेर पाँच जना पक्राउ गरेकाे छ । काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्युरोबाट खटिएको प्रहरीले छापा हानेकाे हाे । प्रहरीले काठमाडौं […]

खानामा विष राखी खुवाएपछि सासुको गयो ज्यान

Dead

बिराटनगर । मोरङको बेलबारी–२ मा खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षकी इन्द्रमाया राईको ज्यान गएको छ । उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था पनि गम्भीर छ । शनिबार भक्तबहादुर घर नजिकै खोल्सामा बेहोस फेला परेका थिए। घरमा उनकी श्रीमती इन्द्रमाया पनि बेहोस भेटिइन्। दुवैलाई नोबेल मेडिकल कलेज लगिएकोमा इन्द्रमायाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला […]

चार महिने छोराको ज्यान लिएको अभियोगमा असई पुष्कर कार्की पक्राउ

काठमाडौं । आफ्नै चार महिने छोराको हत्या अभियोगमा पुष्कर कार्की पक्राउ परेका छन् । कार्की नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) हुन् । सिनामंगलमा भाडाको कोठामा बस्दै आएका कार्कीले सुतेको अवस्थामा रहेको आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका आरोप छ । जन्मदै ब्रेन ट्युमर रहेको उक्त शिशुको आइतबार अपराह्न हत्या गरेपछि उनले श्रीमतीलाई समेत कुटपिट […]

क्रिप्टो कारोबारी सेफ समातिए

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न […]

बिबाहेत्तर सम्बन्धले लियो ज्यान, प्रेमी पक्राउ

कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाकी २४ वर्षीया बिमला शाहीको मृत्यु आत्महत्या नभई हत्या भएको खुलासा भएको छ। कात्तिक २३ गते राति आफ्नै घरमा मृत भेटिएकी बिमलालाई उनका १९ वर्षे प्रेमी अमिन शाहीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको हो। मृतक बिमला बिबाहित थिइन् । बिबाहको दुई महिनामै उनका श्रीमान बिदेश गएका थिए । त्यसयता […]