भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक व्यक्ति गोली लागि मृत अवस्थामा फेला परेका छन् ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ६ राइटोल बस्ने ४० वर्षिय सनिप चाम्लिङ राई मृत अवस्थामा फेला परेका हुन् ।उनको शरीरमा तीन राउण्ड गोली लागेको छ ।
राई उनकै घरको चौंथो तलामा रहेको कोठामा कन्चटमा गोली लागेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए । राईको साथमा जीएस जर्मन लेखिएको कालो रंगको बन्दुक समेत फेला परेको छ ।
घटनामा प्रयोग भएको बन्दुक इजाजत प्राप्त देखिएको प्रनाउ ढुंगानाले जानकारी गराए । घटनास्थलमा प्रनाउ ढुंगानाको नेतृत्वमा १० जनाको प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको छ ।







