सिन्धुलीमा खेल प्रवर्द्धनका लागि सामुदायिक वनको साथ

सिन्धुली । पछिल्लो समयमा नवयुवा जेन्जी पुस्ताको रोजाईको फुटवल खेल खेलाउन आर्थिक श्रोतको अभाव भएपछि सिन्धुलीमा भने सामुदायिक वन समुहहरु नै फुटवलको प्रवर्धनमा सहयोग गर्न थालेका छन् ।

सिन्धुली जिल्लाको फुटवल खेलको प्रवर्धन र विकासमा अग्रपंतिमा रहेको भिमान युवा क्लवले भिमान स्थित भिमान पन्नेसी सामुदायिक वन उपभोक्ता समुहको आर्थिक सहयोगमा फुटवल कप संचालन गरेपछि खेलकालागि एक दर्जन बढी टिम सहभागी हुन पाएका छन् ।
कुल ६ दिन सम्म संचालन हुने भिमान फुटवल कपमा सिन्धुली,सर्लाही,महोतरी,धनुषा लगाएतका आसपासका जिल्लाका कुल १३ प्रतिस्पर्धी टिमले प्रतिस्पर्धात्मक खेल खेलिरहेका छन् ।

भिमान कप फुटवल प्रतियोगिता संचालनकालागि भिमान पन्नेसी सामुदायिक वन उपभोक्ता समुहले रु दुई लाख पचास आर्थिक सहयोग गरेपछि क्लवले सो खेलको आयोजना गरी युवा जेन्जी पुस्ता सहभागी टिमहरुलाई आन्त्रण गरी खेल सचालन गरेको जनाएको छ ।

यसअघि भिमान युवा क्लवले सिन्धुली जिल्लाको फुटवल खेलको प्रवर्धन र विकासकालागि दशकौं पटक फुटवल प्रतियोगिताका साथै अन्य खेलकुदहरुको समेत आयोजना गर्दै आएको छ ।

यसपटक आयोजना गरिएको भिमान फुटवल कपमा प्रथम हुने टिमलाई रु पचास हजार नगद तथा मेडल र ट्रफीको पुरस्कार प्रदान गरिने छ भने दोश्रो हुने टिमलाई रु पच्चीस हजार मेडल र ट्रफीको पुरस्कार प्रदान जनाईएको छ ।

भिमान फुटवल कप खेलका उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।