पारसको आक्रामक अर्धशतकसंगै कुवेत स्तब्ध : नेपालले निकाल्यो ७ विकेटले सहज जित

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो। जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। […]

नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : हेर्नुस् को कहाँ

नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ । प्रहरी महानिरक्षकको ०७६/०४/०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल […]

नगर प्रमुखको रीसले चक्काजाम गर्ने २ वडाध्यक्षसहित ६ पक्राउ

खोटाङ,८ साउन । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष […]

मन्त्री थममाया थापाद्वारा सर्लाहीमा बाढीपिडितको अवलोकन तथा राहत वितरण

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री थममाया थापाले बाढी तथा डुवान पीडितहरुको लागि राहत्त सामाग्री बितरण गरेकी छ्न । थापाले हरिवन- ४ सासापुरमा राहत्त सामाग्री बितरण गरेकी हुन् । बुधबार मोहतरी हुँदै सर्लाही र रौतहटको विभिन्न बाढी तथा डुवान पिडितहरुको अवस्था अनुगमण गर्न आएकी मन्त्री थापाले ससापुरमा राहत वितरण गर्दै प्राकृतिक प्रकोपको पीडाबाट […]

अमेरिकामा १ मुक्काले गयो रुसी बक्सरको ज्यान

२८ वर्षकै उमेरमा एक मुक्केवाज(बक्सर) ले ज्यान गुमाएका छन् । उनले कुनै कालगतीले नभई खेलकै क्रममा ज्यान गुमाएका हुन् । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो । उनी रुसी खेलाडी हुन् । विपक्षी खेलाडीको मुक्का खादा उनको ज्यान गएको अन्तरास्ट्रिय संचार माध्यमहरुले बताएका छन् । अमेरिकाको मेरिल्याण्डमा गत शुक्रबार भएको खेलमा […]

उपकुलपति होस् कि पदाधिकारी होस्, दोषी देखिए कसैलाई पनि छाडिन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी दिएका छन् । राजनीतिको मैदान नबनाउन आग्रह गर्दै उनले प्रतिष्ठान बिगार्न उद्धत जोकोही भएपनि नछाड्ने चेतावनी दिएका हुन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । […]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु

सर्लाही, ७ साउन । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । सोमवार ईश्वरपुरमा भएको दुर्घटनामा परी घाइते महिलाको मृत्यु भएको हो । नरेशखोरबाट बयलवास बजारतर्फ जादै गरेको ना २३ प नंको मोटरसाइकलले सोमबार २ महिलालाई ठक्कर दिएको थियो । बाटो छेउमा बसिरहेका ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरका स्थानीय ३८ वर्षीया शान्तिदेवी महतो […]

इँटाभट्टाले खनेको खाल्डोमा डुबेर लालबन्दीस्थित पुनर्वासका १ बालकको मृत्यु

सर्लाही, ७ साउन । लालबन्दी नगरपालिका वडा नम्बर- २ अन्तर्गत पर्ने पुर्नवासमा एक बालकको डुबेर मृत्यु भएको छ । पुनर्वासको सी टोलमा एक १० वर्षिय बालकको खाल्डोमा डुबेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवान रहेका छन् । घर नजिकैको सूर्य इँटाभट्टाको खाल्डोमा डुबेर उनको ज्यान गएको सर्लाही […]

सर्लाहीमा आफैले चलाएको ट्याक्टर पल्टिँदा १३ वर्षिय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा एक १३ वर्षिय बालकको ज्यान गएको छ । आफैले चलाएको ट्याक्टर पल्टिँदा उनको ज्यान गएको हो । कौडेना गाउँपालिका–२ का स्थानीय विजय रायका छोरा नितेशकुमारको ज्यान गएको सर्लाही प्रहरीले पुष्टि गरेको छ । लु १ त ८३७० नम्बरको ट्याक्टर चलाएर आफ्नो खेत तर्फ गएका नितेशको आफ्नै ट्याक्टरले ज्यान लिएको छ । शनिबार […]

भक्तपुरमा एकाविहानै भेटियो पहिचान खुल्न नसकेकी महिलाको शव

भक्तपुर, ५ साउन । सूर्यविनायक नगरपालिका स्थित सृजनानगरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सृजनानगर बस स्ट्याण्ड संगैको सडक पेटीमा घाँसले भरिएको झाडीभित्र उनी मृत अवस्थामा फेला परेकी हुन् । आइतवार विहान झाडीमा महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने कार्य गरिरहेको छ । […]