मन्त्री थममाया थापाद्वारा सर्लाहीमा बाढीपिडितको अवलोकन तथा राहत वितरण

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री थममाया थापाले बाढी तथा डुवान पीडितहरुको लागि राहत्त सामाग्री बितरण गरेकी छ्न । थापाले हरिवन- ४ सासापुरमा राहत्त सामाग्री बितरण गरेकी हुन् ।

बुधबार मोहतरी हुँदै सर्लाही र रौतहटको विभिन्न बाढी तथा डुवान पिडितहरुको अवस्था अनुगमण गर्न आएकी मन्त्री थापाले ससापुरमा राहत वितरण गर्दै प्राकृतिक प्रकोपको पीडाबाट नेपाल सरकार निकै नै चिन्तित रहेको समेत बताइन ।

डेढ हप्ता अघि सर्लाही सहित देश भरी नै परेको अबिरल वर्षाको कारणबाट देश मा पुगेको जनधनको क्षतिले आफू पनि निकै नै मर्माहत भएको उनको भनाइ छ ।

पीडित व्यक्तिको सुरक्षा र उनीहरुको बसोबासको लागि सरकार चिन्तित रहेको बताउदै उनले प्रभावकारी रुपमा राहत बितरण कार्यको लागि स्थानिय स्तरमा रहेको गैर सरकारी सस्था, अन्तरास्ट्रिय गैर सरकारी सस्थाको सहकार्यमा एकद्दार प्रणालीबाट राहत बितरण गर्ने काम भैरहेको समेत जानकारी दिइन ।

बागमती सेबा समाज नेपाल हरिवन र रिलिफ नेपालको सहयोगमा आज हरिवन नगरपालिका वडा नम्बर ४ का भएको डुवानबाट घर परिबारमा पुर्ण क्षति र आंशिक क्षति पुगेकाहरुको लागि चामल २५ केजि ,चिउरा १० केजि दाल २ केजि त्यसैगरी नुन, तेल, झुल दुई थान, म्याट चटाई २ थान, बाल्टिन जग, साबुन लगायत सामाग्री १० घर परिवारलाई वितरण गरिएको थियो । १ परिवार बराबर ४ हजार ३ सय ७५ रुपैयाको राहत सामाग्री बितरण गरिएको बताइएको छ । मन्त्री थापाले सामाजिक संस्थाहरु यस्तो बेला बढी नै सक्रिय हुनुपर्ने आवस्यकता औल्याइन ।

बिगत २५ बर्ष देखि विभिन्न सामाजिक क्षेत्रका साथै विपतको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाज हरिवनले प्रदेश नम्बर दुईको १ सय ३१ स्थानीय तहका साथै सर्लाहीमा विपतको क्षेत्रमा अहोरात्र खटी रहेको छ । सर्लाहीमा मात्रै ६५ जना स्वयमसेवक अहोरात्र उद्धार र राहतमा सक्रिय रहेको समाजका पूर्व अध्यक्ष निरज भण्डारीले जानकारी दिए ।

वडा अध्यक्ष धनबहादुर वाईवाको अध्यक्षतामा सासापुरमा राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य लिलि घिसिङ्गले स्वागत गरेको कार्यक्रममा सांसद सरलादेवी यादव ,प्रदेश सभा सदस्य बेची लुङ्गेली, हरिवन नगरपालिकाकि उप प्रमुख रेनुका पौडेल,नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त , वडा नम्बर १ का अध्यक्ष राम बहादुर क्यापछाकी, बागमती सेवा समाज का अध्यक्ष भरत कुमार कार्की,महिला नेत्री विभा नेपाल,पदमा मोक्तान, सन्जिता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Loading...