अमेरिकामा १ मुक्काले गयो रुसी बक्सरको ज्यान

२८ वर्षकै उमेरमा एक मुक्केवाज(बक्सर) ले ज्यान गुमाएका छन् । उनले कुनै कालगतीले नभई खेलकै क्रममा ज्यान गुमाएका हुन् ।

आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो । उनी रुसी खेलाडी हुन् । विपक्षी खेलाडीको मुक्का खादा उनको ज्यान गएको अन्तरास्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

अमेरिकाको मेरिल्याण्डमा गत शुक्रबार भएको खेलमा अर्का बक्सर सुब्रियल माटिसले प्रहार गरेको मुक्काले म्याक्सिमको ज्यान लिएको बताइएको छ ।

सुब्रियलले भिडन्तको ११ औं राउण्डमा हानेको मुक्काबाट म्याक्सिम गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई तत्कालै अस्पाताल पुर्याइएको थियो तर ४ दिनपछि मंगलवार अस्पतालले उनलाई मृत घोषित गरिदिएको बताइएको छ ।

Loading...