सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा तराई डुबाएको सांसद सुवालको आरोप

भक्तपुर, ४ साउन । नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा पणीरत हुँदा भारतीय बाँधले तराई डुबाएको उनको आरोप छ । शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा […]

दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरेकी हुन् । आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले […]

सरकार-विप्लव वार्ता शुरु हुनु अगावै अन्त्य, प्रतिबन्धित पार्टीद्वारा सरकारलाई नै प्रतिबन्ध

काठमाडौं, ३ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे आधिकारीक धारणा बाहिर आएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने […]

सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]

नेपालको पक्षमा चीन बोलेपछि जोगिए सात सम्पदा

काठमाडौं, २ साउन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको […]

शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि कसले गर्यो आक्रमण

रूपन्देही । रूपन्देहीमा गाैतम बुद्धका मूर्तीहरु व्याक रुपमा ताेडफाेड गरिएकाे छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ मिलसम्म सडकमा राखेका ५ वटा बुद्धमूर्तीमा तोडफोड भएको जनाएकाे छ । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा २२ […]

चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान आवश्यक : विजुक्छे

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच उक्त भाषा कक्षाको उद्घाटन समेत गरेका छन् । कम्युनिष्ट देश चीनको भाषा पढाउनुको पछाडी कुनै राजनीतिक स्वार्थ वा चीन मोह मात्र नभएको नगरपालिकाले […]

नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा

भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् । भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको […]

ज्ञानद्वारा संचालित परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

ग्लोबल एक्सन नेपाल (ज्ञान) ले शंखरापुर नगरपालिकामा संचालन गरेको परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता (सिपिइसिपि) परियोजनाको शुक्रवार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । करीव साढे ३ करोडको लागतमा सन् २०१६ देखि संचालित उक्त परियोजना शंखरापुर नगरपालिकामा बालमैत्री शिक्षाको विकाश गर्दै इसीडी र आधारभूत शिक्षालाई गुणस्तरीय गर्नतर्फ […]

कैलालीको लम्की तनावग्रस्त

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की बजार मंगलबार तनाव ग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनका कारण तनावको स्थिति बनेको हो । लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावललाई ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिएर मृत्यु भएपछि विद्यार्थी र स्थानीय आक्रोशित बनेका हुन् । उनीहरुको प्रदर्शनले उग्ररुप […]