शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि कसले गर्यो आक्रमण

रूपन्देही । रूपन्देहीमा गाैतम बुद्धका मूर्तीहरु व्याक रुपमा ताेडफाेड गरिएकाे छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो ।

नगरपालिकाले शंकरनगर देखि नयाँ मिलसम्म सडकमा राखेका ५ वटा बुद्धमूर्तीमा तोडफोड भएको जनाएकाे छ । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा २२ वटा बुद्ध मुर्ति राखेको थियोे । जसमध्ये ५ वटा तोडफोड भएकाे प्रहरीले जनाएकाे छ । 

६ लेन सडक बुद्धमय बनाउने गरी सडकको सुन्दरता बढाउने अभियान अन्तरगत नगरपालिकाले डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहा राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् ।

लुम्बिनीको यात्रामा आउने पर्यटकलाई आकर्षित गर्न बुद्धमूर्तीहरु विहीवार बिहान तोडफोड भएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । उनले मूर्ती कसले किन तोडेफोड गरेको हो भन्ने थाहा हुन नसकेको बताए । 

‘१ सय १० किलो तौलका मुर्ति सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन् । समूहमा आएका ब्यक्तिहरुले नै तोडफोड गरेको अनुमान गरेका छाैँ’, नगरप्रमुख घिमिरेले भने, ‘ घनले हानेर मुर्ति फोरेजस्तो देखिन्छ ।’ नगरपालिकाले मुर्ति तोडफोड भएको थाहा पाए लगत्तै प्रहरी प्रशासनलाई खबर गरी गंभिर रुपमा अनुसन्धान अगाडि बढाउन अनुरोध गरेको नगर प्रमुख घिमिरेले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । धार्मिक दंगाको उद्देश्यले मूर्ती तोडिएको हो वा कोही उच्छ्रिङ्खल समूहको काम हो भन्ने सुक्ष्म अनुसन्धानमा प्रहरी जुटेको बताइएकाे छ । 

 

Loading...