सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु

सर्लाही, ७ साउन । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । सोमवार ईश्वरपुरमा भएको दुर्घटनामा परी घाइते महिलाको मृत्यु भएको हो ।

नरेशखोरबाट बयलवास बजारतर्फ जादै गरेको ना २३ प नंको मोटरसाइकलले सोमबार २ महिलालाई ठक्कर दिएको थियो । बाटो छेउमा बसिरहेका ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरका स्थानीय ३८ वर्षीया शान्तिदेवी महतो र ४५ वर्षीया कवुतरदेवी महतो घाइते भएका थिए । उनीहरुलाई धनुषास्थित लालगढ अस्पताल पुर्याइएको थियो ।

घाइतेमध्ये कवुतरदेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्की शान्तिदेवीको भने उपचार भैरहेको बताइएको छ ।

Loading...