काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘मिडनाइट मिटिङ’ गरेका छन् । बालेनले बुधबार राति विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरूसँग लामो छलफल गरेका छन्। ललितपुरको कुपन्डोलस्थित व्यञ्जनकार कुमार बेनको निवासमा भएको यो भेटघाटले बालेनको भावी राजनीतिक योजना प्रष्ट देखिएक छ । मेयर बालेनको सचिवालय स्रोतका अनुसार यी भेटघाटहरू प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित पात्रहरूसँग […]
Author: ननस्टप संवाददाता
मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु
विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ […]
बस र लरी ठोक्किँदा कर्नाटकमा ११ जनाको मृत्यु
काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र […]
आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा […]
रूसी वरिष्ठ जनरल मारिएको ठाउँ नजिक फेरि विस्फोट, दुई प्रहरीको मृत्यु
काठमाडौँ । रूसको राजधानी मस्कोमा बम विस्फोट हुँदा २ प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। एक व्यक्ति शंकास्पद गतिविधि गरिरहेको जस्तो देखिएपछि दुई जना प्रहरी अधिकारी ती व्यक्ति नजिक पुगेका थिए। उनीहरू नजिक पुग्नासाथ ठूलो आवाजसहित विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। विस्फोटमा परी दुई प्रहरी अधिकारी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। […]
आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । क्रिश्चियन धर्मावलम्बीहरूले आज येशु ख्रीष्टको जन्मको स्मरणमा क्रिसमस डे विविध कार्यक्रमका साथ मनाइरहेका छन्। प्रेम, शान्ति र मुक्ति प्रदान गर्न पृथ्वीमा अवतरण भएको विश्वास गरिने येशु ख्रीष्टको जन्म आजकै दिन करिब दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा भएको मानिन्छ। नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई तीन महत्वपूर्ण उपहार—प्रेम, शान्ति […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । आज दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशका तराई […]
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्याउनु पर्ने कानुनी व्यवस्था सच्याउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ । कैद मिनाहासम्बन्धी एक रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले राष्ट्रपतिबाट मात्रै कैद छुट हुनसक्ने फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ को व्यवस्था परिमार्जन गर्न […]
राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । दुई दलबीच एकता सहमति पत्रमा अजै साँझ हस्ताक्षर हुने उनले बताए । कमल […]
बयान दिन जान रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘आजको बैठकमा उहाँ […]











